images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनीमा नयाँ वर्षको पहिलो दिन ४० हजार बढी पर्यटक

लुम्बिनीमा नयाँ वर्षको पहिलो दिन ४० हजार बढी पर्यटक

images
images
images
शुक्रवार, बैशाख १ २०८०
शुक्रवार, बैशाख १ २०८०
  • लुम्बिनीमा नयाँ वर्षको पहिलो दिन ४० हजार बढी पर्यटक

    लुुम्बिनी, १ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा नयाँ वर्ष २०८० को पहिलो दिन पर्यटकको सर्वाधिक घुइँचो लागेको छ । कोभिड–१९ कारण झण्डै तीन वर्षसम्म खुम्चिएको पर्यटन क्षेत्रलाई उत्साहित बनाउने गरी लुम्बिनीमा पर्यटकको घुइँचो लागेको लुम्बिनी विकास कोषले जनाएको छ । 

    images
    images
    images

    कोभिड–१९ पछाडि लुम्बिनीमा अहिले म्मकै सर्वाधिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । उनले दिएको जानकारीअनुसार साँझ ७ बजेसम्म १६ हजार बढीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।

    WhatsApp Image 2023-04-14 at 6.45.32 PM (2).jpeg

    लुम्बिनीको मायादेवी मन्दिर तथा अन्य पर्यटकीय गन्तव्यमा गरी वैशाख १ गते मात्रै झण्डै ४० हजारको हाराहारीमा पर्यटकले घुमघाम गरेको आकंलन गरिएको छ ।

    WhatsApp Image 2023-04-14 at 6.45.32 PM.jpeg

    लुम्बिनी आएका पर्यटकहरु निकै उत्साहित हुँदै नयाँ वर्षमा खुसीयाली साटासाट गर्दै लुम्बिनीको तस्बीर कैद गर्ने र सेल्फी लिनमा निकै व्यस्त थिए । नयाँ वर्षको पहिलो दिन निजी सवारीसाधन कार, जीप, भ्यान, मोटरसाईकल, साईकल तथा सार्वजनिक साधन भाडामा लिएर उल्लेख्य मात्रामा पर्यटकहरु लुम्बिनीमा पुगेका थिए ।

    WhatsApp Image 2023-04-14 at 6.45.31 PM.jpeg

    लुम्बिनीमा आज लुम्बिनी प्रदेशसहित गण्डकी र बाग्मती प्रदेशका जिल्लाबाट पर्यटकले लुम्बिनीको भ्रमण गरेको बताइएको छ । भारत तथा तेस्रो मुलुकबाट पनि उल्लेख्य मात्रामा लुम्बिनीमा पर्यटक आएका थिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij