
बिहिवार , चैत्र ३०, २०७९
भैरहवा, ३० चैत ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ मा बुधबारदेखि महिला तथा युवतीका लागि एकहप्ते मोमबत्ती र अगरबत्ती बनाउने तालिम सुरु भएको छ ।
सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको आयोजना तथा शिवा कल्याण केन्द्र कोटहीमाई–३, रुपन्देहीको व्यवस्थापनमा नयाँ गाउँ दुर्गा मन्दिरमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यस्ता तालिमले महिला तथा युवतीलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य हरिमाया गुरुङ, मिन बहादुर गुरुङ, राजकिशोर यादव, वडा सचिव प्रमोद कुमार चौवे, दुर्गा मन्दिर समितिका अध्यक्ष यम बहादुर थापा, तथा शिवा कल्याण केन्द्र जैनुद्दीन देवानलगायतको उपस्थिति रहेको थियो ।
४० जनाको सहभागीता रहेको तालिमको प्रशिक्षक गोमादेवी कार्कीले सहजीकरण गरेकी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij