
शुक्रवार , श्रावण १६, २०७७
भैरहवा, १६ साउन ।
रोटरी क्लब अफ तिलोत्तमा–रुपन्देहीले सिद्धार्थ रंगशालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापालाई हात धुने र सेनेटाईजर प्रयोग गर्ने खुट्टे मेशिन हस्तान्तरण गरेको हो ।
कोरोना भाइरसको संक्रमणबाट बच्न बेलाबेलामा हात धुनुपर्ने र सार्वजनिक स्थानमा हात हुन सहज होस् भन्ने उद्देश्यले सिद्धार्थ रंगशालालाई शुक्रबार हात धुने र सेनेटाईजर प्रयोग गर्ने खुट्टे मेशिन हस्तान्तरण गरिएको अध्यक्ष ज्ञवालीले बताए । अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीको सुरक्षालाई मध्यनजर गर्दै रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले सुरक्षा सामग्री प्रदान गर्दै आएको उनले बताए ।
सो अवसरमा बोल्दै रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले क्लबले हस्तान्तरण गरेको मेशिनले रंगशालामा आउने सबैलाई हात धुन सहजता प्रदान गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij