
मंगलवार , चैत्र २१, २०७९
भैरहवा, २१ चैत ।
सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा चैत २२ गते बुधबार (भोलि) देखि भैरहवामा हुने नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई ड्रेस (पोशाक) वितरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ वडा कार्यालयमा मंगलबार एक कार्यक्रमकाबीच वडाबाट सहभागी हुने खेलाडी, टीम प्रशिक्षक र टीम व्यवस्थापकलाई ड्रेस वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले वडा नम्बर ६ ले मेयर कपको उपाधि जित्ने चर्चा चलिरहेको बताए । उनले अभ्यासलाई तीव्रता दिन खेलाडीहरुलाई आग्रह गरे ।
टीम व्यवस्थापक उदय कुमार मल्लिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु सीमा तामाङ मल्लाह, सुनिता धोबी (रजक), अनिल कुमार सिंह गुरुङ, वडा सचिव विनोद कुमार कर्णलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा वडा नम्बर ६ बाट खेलाडीहरु अकबर अली शेष, सलीम अली, सुरज धवल, फिरोज मुसलमान, एकलाख अहमद वारसी, अर्जुन चौधरी कुर्मी, सुरज गुरुङ, परवेज अन्सारी, भोला अग्रहरी, अमर प्रताप मिश्र, आकाश पासी, प्रशान्त उपाध्याय, रोशन शर्मा, सन्त कुमार कुर्मी, राजेश चौधरी (टीम प्रशिक्षक) र उदय कुमार मल्लिक (टीम व्यवस्थापक) सहभागी हुँदैछन् । सिद्धार्थनगर–६ र सिद्धार्थनगर–१२ बीच बिहीबार खेल हुनेछ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा चैत २२ देखि चैत २५ गतेसम्म हुने प्रतियोगितामा नगरका १३ वटा वडाबाट १३ वटा टीम सहभागी हुँदैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij