images

शनिवार, बैशाख १५ गते २०८१

संजय : पीडा छिचोल्दै बने डाक्टर, अहिले क्यान्सरपीडितको उपचारमा समर्पित 

संजय : पीडा छिचोल्दै बने डाक्टर, अहिले क्यान्सरपीडितको उपचारमा समर्पित 

images
images
images
मंगलवार, चैत्र २१ २०७९
मंगलवार, चैत्र २१ २०७९
  • संजय : पीडा छिचोल्दै बने डाक्टर, अहिले क्यान्सरपीडितको उपचारमा समर्पित 

    डा. संजय पाण्डे स्तन क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ सर्जन हुन । स्तन क्यानसर लागेका सयौैं बिरामीहरु उनको उपचारबाट निको भएका छन् । बिरामीको उपचार गर्ने र बचाउने उनको कर्म र धर्म हो । सानैदेखि डाक्टर बन्ने सपना बोकेका पाण्डे आफ्नो कडा मिहिनेत, निरन्तरको लगाव र प्रेरणाले उनी डाक्टर बनेका हुन् ।

    images

    उनी सानो हुँदादेखि नै भैरहवाको बर्मेलीटोलमा एउटा औषधी पसल थियो । बिजुला मेडिकल नामले चर्चा कमाएको उक्त क्लिनिकमा (डा. ऋषिराम शर्मा) बिजुला डाक्टरसाब बस्नु हुन्थ्यो । उहाँलाई सबै जनाले डाक्टर साब भनेर दिएको सम्मान देखेर आफू पनि भविष्यमा डाक्टर नै बन्छु भन्ने दृढ विश्वास बोकेर पाण्डे पनि आफ्नो अध्ययनमा लागे । अन्ततः उनी डाक्टर बने ।

    सानै उमेरदेखि नै निडर र हक्की स्वभाव भएका उनी एम.बी.बी.एस पहिलो वर्षदेखि नै चिरफारमा अग्रभागमा पुग्ने गर्दथे । स्तन क्यान्सरको विशेषज्ञ तथा सर्जन बन्नको लागि उनी एम.बी.बी.एस चीन र एम.एस. यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल भैरहवाबाट पुरा गरे । पाण्डेले चिकित्सकीय पेशाको दौरानमा विभिन्न आरोह र अवरोह पार गर्नुपर्‍यो ।

    जब संजय स्तन क्यान्सरको सर्जन भएर निस्कने बेला हुँदै थियो, त्यतिबेला नै उनीमाथि ठुलो समस्या आइलाग्यो । सर्जन भएर निस्कनै लागेको बेला उनी धार्मिक कार्यका लागि अर्घाखाँचीको सुपा देउराली मन्दिर जाँदा दुर्घटनामा परे । दुर्घटनामा परी स्पाईनल ईन्जुरी भयो । दुर्घटनाका कारण उनको पढाइ केही समय पछि धकेलियो ।

    उनले ३ वर्षमा भ्याउनुपर्ने कोर्ष पुरा गर्न झण्डै एकवर्ष ढिला भयो । जेनतेन गरेर साढे ३ वर्षमा अध्ययनको कोर्ष सकाएका संजयलाई फेरी अर्को बज्रपात प¥यो । अध्ययनकै बीचमा उनले आफ्नी आमालाई गुमाउनुपर्‍यो । सानैदेखि पुलपुलिएर बसेका परिवारका एक्ला छोरा संजयलाई आमाको मृत्युले निकै लामो समय सतायो । खबरपात्रोसँगको अन्तरंग कुराकानीमा उनले आमालाई सम्झिदै निकै भावुक भए ।

    ‘मैले कहिले पनि सोचेको थिएन, मेरी आमाको मृत्यूको घोषण म आफै गनुपर्ला भनेर डा. सञ्जयले भने, ‘डाक्टरी पेशा अपनाएपछि त्यस्ता घटना दैनिक जसो घट्ने गर्दछन् । कैयौको मृत्यु घोषणा गर्ने गरेका संजयलाई आमाको मृत्युको घोषणा गर्दा साँच्चिकै अनियन्त्रित बनायो ।’

    उनले भने, ‘आमाको उपचारको क्रममा मेडिकल कलेजमा यो नमीठो तर, सत्य घटना म आफैले परिवारमाझ घोषण गर्नुपर्दा मलाई कति पीडा भएको थियो, त्यो मैले कुनै पनि अवस्थामा आकंलन गर्न सक्दैन् ।’ मेडिकल कलेजको आईसीयूमा उपचारको क्रममा संसार छाडेकी आमाको छातीमाथि उनले २ घण्टा रोएर बिताए ।

    आमाको मृत्युको पीडालाई छिचोल्दै पुनः अध्ययनमा जुटेका सञ्जयलाई अध्ययन सक्न नपाउँदै विभिन्न समस्याले घेरिरहे । अध्ययनका क्रममा उनका बुवा बिरामी परे । बिरामी परेका बुबाको चेकजाँच गर्दा फोक्सोमा क्यान्सरले अन्तिम स्टेजमा पु¥याएको थाहा भयो । ‘आमा गुमाएको पीडा कम भएकै थिएन, बाबाको यस्तो अवस्थाले मलाई फेरी बिछिप्त बनायो,’ संजयले भने ।

    एम.एस. सकेर जागिर सुरु गर्ने बेला फेरी उनलाई बाबाको हेरविचार गर्नुपर्ने भयो । ‘बुढेसकालको सहारा बाबा भन्दा ठूलो जागिर ठानिन पाण्डे भन्छन्, ‘जागिरका लागि पाल्पा, नेपालगंज, जनकपुरबाट अफर आउँदा कुनै ठाउँमा जागिर नगरी बाबाको सेवा गरे । क्यानसर भएको ९ महिनापछि बाबाले पनि संसार छोड्नु भयो ।’

    घरको आठौं सन्तानको रुपमा जन्मेका डा. संजय ७ छोरीपछिको एक्लो छोरो हुन् । ‘दिदीहरु सबै सम्पन्न परिवारमा छन् । धेरै जना दिदीहरु विदेशतिरै थिए ।  सबैको प्यारो र पुलपुलिएर बसेकाले मेरा इच्छा चाहना, घर व्यवहार सबै घरपरिवारले पुरा गरिदिने भएकाले घर व्यवहार भन्ने मलाई १ प्रतिशत पनि थाहा थिएन । उनले भने, जीवनमै नगरेको घर व्यवहारका काम एकैपटक सबै घटना आफूमाथि पर्‍यो ।’

    २ वर्षको अन्तरालमा आमा बाबा संसार छोडे पछि डा. संजय नितान्त एक्लोपनको महसुस गरे । उनलाई घर बस्दा, घर बाहिरबाट घर आउँदा बुवाआमाको अभावमा उनी आफै डिप्रेसनको सिकार हुन पुगे । लामो समयसम्म औषधि खाँदै घरमै आराम गरेको उनले बताए ।

    केही समयको आरामपछि उनले सिद्धार्थनगर सिटी हस्पिटलमा काम गर्न सुरु गरे । हस्पिटलमा भैरहवा, लुम्बिनी, कपिलवस्तु तौलिहवा लगायतका ठाउँबाट बिरामीहरु आउने गरेको उनी बताउँछन् । धेरै बिरामीले उनलाई टुप्पीवाला डाक्टर भनेर चिन्थे । जब उनी एम.बी.बी.एस पढ्दै थिए, त्यतिबेला नै अठोट गरेका थिए म एकदिन स्तन क्यान्सरको सर्जन विशेषज्ञ बन्छु भन्ने आफ्नो आत्मा विश्वास अगाडि बढाउन सिटी हस्पिटलको डेढ बर्षको कार्य क्षेत्र छाडेर थप निखारताको लागि विपी कोइराला क्यान्सर अस्पतालमा फेलोसिप सुरु गरे । उनले काम गर्ने सिलसिलामा लण्डन, भारतबाट अफर पनि आयो तर, उनलाई आफ्नो देशकै बिरामीहरुको सेवा गर्ने इच्छाले उनी देश छोडेर बाहिर कतै नजाने निर्णय गरे ।

    प्राय डाक्टरहरु काठमाडौं बस्न रुचाउँछन् तर डा. संजय भने आफू जन्मेको हुर्केको जन्म ठाउँ भैरहवामै बसेर भैरहवाबासीको सेवा गर्ने अठोट गरे । त्यही अठोटका कारण भैरहवाको ओजश हस्पिटलबाट स्तन क्यान्सरको उपचार दिइरहेका छन् ।

    ओजस हस्पिटलले लुम्बिनी प्रदेशमै सस्तो तथा उत्कृष्ट उपचार सेवा प्रदान गर्दै आएको छ । अन्य स्थानमा स्तन क्यान्सरको शल्यक्रिया (अपरेशन) लगायतको उपचार गर्दा १ लाख लाग्दा ओजश हस्पिटलले त्यही प्रकृतिको अपरेशन तथा उपचार ५०/६० हजार रुपैयाँभित्र गर्दै आएको डा. संजयको भनाइ छ । उनले नेपालमै कम मूल्यमा स्तन क्यान्सरको उपचार गर्दै आएको दावी गरे । ओजश हस्टिपलमा अहिले स्तन क्यान्सरसहित हाडजोर्नी तथा नशा रोगसम्बन्धी सम्पूर्ण उपचार विशेषज्ञ डाक्टरबाट हुने गरेको छ ।

    डा. संजयको सामाजिक सचेतना कार्यक्रम

    आजभोलि डा. संजय देशका विभिन्न जिल्लामा गएर स्तन क्यान्सरकोबारे सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । उनले स्वास्थय शिविरको माध्यमबाट समग्र क्यान्सर र त्यसमाथि पनि स्तन क्यान्सरकाबारेमा सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । यसरी कार्यक्रममा जाँदा समाजमा अजै पनि अन्धविश्वास र रुढीवादीका कारण झारफुकको समस्याले कतिपय नागरिकको अकालमा ज्यान जाने गरेको पाए ।

    ‘जनचेतनाको अभावमा धेरैजना अहिले पनि सम्बन्धित डाक्टरसंग पुगेका छैनन् । अहिले पनि रोगका विषयमा खुलेर छलफल तथा डाक्टरसँग समस्या नबताउँदा कतिपयको अकालमा ज्यान गएको पाएको छु । उनले भने, ‘मैले यस्ता खालको रोगका विायमा विशेष रुपमा सचेतना फैलाउने योजनामा छु ।’

    उनले भने, ‘समाजमा मानिसको धेरै खालका टकाटिपप्पणीका कारण कति जना त लाज मानेर रोग लुकाएर अन्तिम अवस्थामा पीडा सहन नसकेपछि बल्ल मकहाँ आएको पाएको छु । अन्तिम अवस्थामा आएका बिरामीलाई बचाउन अलि गाह्रो हुन्छ ।’

    sanjaaaaa.jpg
    स्तन क्यान्सरबारे सचेतना जगाउँदै डा. पाण्डे

    उनी एक डाक्टर मात्र नभएर समाज परिवर्तनको दियो बनेर हिंडेका छन् । उनले विपन्न परिवारका सदस्यलाई निःशुल्क उपचार पनि गरेका थुप्रै उदाहरण छन् ।

    ‘गरीब, धनी तथा मध्यम वर्ग सबै खालका मानिसले समान खालको व्यवहार र उपचार पाउनुपर्छ भन्ने लागेर मैले आर्थिक अवस्थाकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर मैले आफ्नै कमाइबाट उपचार गरेको छु,’ डा. सञ्जयले भने ।

    उनी भन्छन्, ‘पैसाको अभावमा रोग लुकाएर ज्यान फाल्न कोसैलाई नपरोस् भन्ने हेतुले अहिले म विभिन्न कार्यक्रममा जाने र स्वास्थय शिविर सञ्चालन गर्दै आएको छु ।’

    डा. पाण्डेको अनुभव र बिरामीको अवस्था

    उनले महिनाभरीमा ५०/६० जना स्तन क्यान्सरको शंका लागेर उपचारमा आउने गरेका छन् । उपचारमा आउनेमध्ये अधिकांश स्तनमा आएको समस्या लिएर आउने गरेको उनको बुझाइ छ ।
    उनले भने, ‘उपचारमा आउनेमध्ये कम्तिमा पनि ३/४ जनालाई क्यान्सर लागिसकेको हुन्छ । कोही पहिलो स्टेजमा नै आउनुहुन्छ भने कोहीलाई दोस्रो–तेस्रो स्टेजमा नै पुगिसकेको हुन्छन् । क्यान्सरको उपचार जति ढिलो हुन्छ त्यति नै क्यान्सर शरीरको अन्य भागका फैलदै जान्छ ।’ अन्तिम स्टेजमा पुगेका बिरामीहरुको उपचार भएपनि निर्मुल बनाउन नसकिने उनको भनाइ छ । स्तनमा समस्या आउँदैमा त्यो क्यान्सर नै हो भन्न सकिदैन तर परामर्श नगरी बस्नु नहुनु उनले बताए ।

    उनकाअनुसार क्यान्सर अहिलेको बद्लिदो खानपान हो भने अर्को जीनको कारण पनि हुन्छ । यदि परिवारमा बुवा आमा हजुरआमा कसैलाई भएको भए सम्भावना बढी हुन्छ । स्तन क्यान्सर महिलामा मात्र नभएर पुरुषमा पनि हुन्छ । तर महिलामा बढी देखिने गरेको अनुसन्धान र अनुभवले बताएको उनको भनाइ छ ।

    स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?

    स्तन दुखेमा क्यान्सर हुँदैन तर स्तनमा गिर्खा भेटिनु, तर दुखाई नहुनु, स्तनको वरीपरी अथवा स्तनको मुन्टोमा खटिरा आउने तर निको नहुने, स्तनको आकार र कलर परिवर्तन हुनु, मुन्टोबाट पिप वा रगत आउने यस्ता खालका समस्या भएमा स्थन क्यान्सर हुन सक्ने उनको भनाइ छ ।

    स्तन क्यान्सरका अन्य लक्षण

    १. स्तनमा नयाँ गिर्खा तथा गाँठा देखिनु
    २. स्तनको आकार र प्रकारमा परिवर्तन आउनु
    ३. स्तन दुख्नु वा सुन्निनु
    ४. स्तनमा खाल्टो पर्नु
    ५. स्तनको मुन्टोबाट रगत अथवा तरल पदार्थ आउनु
    ६. शरीरको अनावश्यक तौल घट्नु

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij