images

सोमवार, बैशाख १७ गते २०८१

मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

images
images
images
शनिवार, चैत्र १८ २०७९
शनिवार, चैत्र १८ २०७९
  • मकै खेती गर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

    बुटवल, १८ चैत । 
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बुटवल–१४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागीतामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

    images

    शनिबार बुटवल–१४ स्थित मोतीगञ्जमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गरे ।

    उपकरण तथा सामग्री हस्तान्तरण गर्दै पाण्डेयले तिनाउ पश्चिमका वडाहरुलाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । उनले किसानलाई लाभ हुने गरी गरिने खेतीमा बुटवल उपमहानगरपालिकाले सबै खालका सहयोग गर्ने बताए । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताए । उनले बुटवल उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई मकै विक्रीका लागि सटर उपलब्ध गराउने तयारीमा रहेको बताए ।

    बुटवल उपमहानगरपालिकाले ११ लाख २२ हजार रुपैयाँ अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले बताए । उनले मकै पकेट विकास कार्यक्रममा आवद्ध किसानलाई मल, बिउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताए ।

    मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकैखेती भएको र बुटवल उपमहानगरपालिकाको सहयोगमा वार्षिक ५० लाखसम्म आम्दानी गर्न सफल भएको बताए । स्थानीय मुक्तिप्रसाद गैरेले बजारीकरणका लागि बुटवल उपमहानगरपालिकाबाट सहयोग हुनेबारे छलफल भइरहेकोले किसानले सिधै बजारमा लगेर आफ्ना उत्पादन विक्री गर्दा दीर्घकालीन रुपमै मकैखेती अगाडि बढ्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij