images

शुक्रवार, बैशाख ७ गते २०८१

क्रिकेट खेलाडी आकाश त्रिपाठीलाई कोटहीमाईमा सम्मान

क्रिकेट खेलाडी आकाश त्रिपाठीलाई कोटहीमाईमा सम्मान

images
images
images
शुक्रवार, चैत्र १० २०७९
शुक्रवार, चैत्र १० २०७९
  • क्रिकेट खेलाडी आकाश त्रिपाठीलाई कोटहीमाईमा सम्मान

    भैरहवा, १० चैत ।
    सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप यु–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुने क्रिकेट खेलाडी आकाश त्रिपाठीलाई रुपन्देहीको कोटहीमाई गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रमकाबीच त्रिपाठीलाई २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । 
    कोटहीमाई गाउँपालिका–१ परसपुरका त्रिपाठीलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले लुकेर रहेका यस्ता प्रतिभावान व्यक्तिलाई सम्मान गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले क्रिकेट खेलाडी आकाश त्रिपाठीमार्फत कोटहीमाई गाउँपालिकालाई नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अवसर प्राप्त भएको बताए । उनले भने, ‘होनहार खेलाडी आकाश त्रिपाठीलाई खेलमा सफलताको शुभकामना दिन चाहन्छु । खेलप्रति अझ रुची बढ्दै जाओस् ।’

    गाउँपालिकाकी उपाध्यक्ष सुशिला कुमारी यादवले क्रिकेट खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी भएको बताइन् । उनले भनिन्, ‘कोटहीमाई गाउँपालिकाका आकाश त्रिपाठीलाई अझै सफलता प्राप्त होस् ।’

    प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले पूर्वाधारको कमी हुँदाहुँदै पनि उत्कृष्ट खेल प्रदर्शन गर्नुभएका आकाश त्रिपाठीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको बताए । उनले मर्चवार क्षेत्रका खेलाडी पनि सक्षम छन् भन्ने सन्देश गएको बताए । उनले भने, खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्नेछौ । 

    क्रिकेट खेलाडी त्रिपाठीले कोटहीमाई गाउँपालिकाबाट सम्मानित हुन पाउँदा थप उर्जा मिलेको बताए । उनले आफूले विगत १० वर्षदेखि क्रिकेट खेल्दै आएको जानकारी दिए ।

    कोटहीमाई गाउँपालिकाका वास संयोजक अजय सिंह क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाली टीम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij