images

बुधवार, बैशाख १२ गते २०८१

ओमसतिया अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई 

ओमसतिया अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई 

images
images
images
बिहिवार, चैत्र ९ २०७९
बिहिवार, चैत्र ९ २०७९
  • ओमसतिया अध्यक्ष कप क्रिकेट : उपाधि वडा नम्बर ५ लाई 

    भैरहवा, ९ चैत ।
    ओमसतिया गाउँपालिकास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता–२०७९ को उपाधि ओमसतिया गाउँपालिका वडा नम्बर ५ ले जितेको छ । 
    बिहीबार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाडास्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा ओमसतिया–२ लाई १ विकेटले पराजित गर्दै अध्यक्ष कपको पहिलो शंस्करण जितेको हो ।

    images

    टस जितेर वडा नम्बर ५ ले फिल्डिङ गर्ने निर्णय गरेको थियो । उसले जीतका लागि पाएको ११५ रनको लक्ष्यलाई निर्धारीत १५ ओभरको खेलमा अन्तिम बल बाकी छदा १ विकेटको रोमाञ् चक जित निकाल्दै उपाधि चुमेको हो। 

    वडा नम्बर ५ ले उपाधिसहित ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

    वडा नम्बर ५ को जीतमा विजय यादवले सर्वाधिक ३० रन प्रहार गरे भने बिरु चौधरीले २३, सोनु हरिजनले २१ तथा सुनिल चौधरीले १३ रनको योगदान दिएका थिए । 

    बलिङमा वडा नम्बर २ का तुल बहादुर थापा, बसन्त चौधरी र राकेश गुप्ताले समान २/२ विकेट लिएका थिए । 

    यसअघि टस हारेर ब्याटिंग गर्ने निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १५ ओभरमा १ सय १४ रनको योगफल तयार गरेको थियो । जसमा राकेश गुप्ताले २६, बसन्त चौधरीले २५, तुल बहादुर थापाले १८ र गोविन्द मल्लाहले १३ रन बनाएका थिए । बलिङमा वडा नम्बर ५ का सुनिल चौधरी, विजय यादव, सन्तोष शाहनीले समान २/२ विकेट लिदा दिनेश राई, बिरु चौधरीले १/१ विकेट लिएका थिए । 

    फाइनल खेलमा म्यान आफ द फाईनल वडा नम्बर ५ का विजय यादव भए । अनुशासित टीमको पुरस्कार ओमसतिया गाउँपालिकाको कर्मचारी टीम एले प्राप्त गर्न सफल भयो । 

    प्रतियोगितामा म्यान अफ द सिरीजको ५ हजार रुपैयाँसहितको उपाधि वडा नम्बर २ का तुल बहादुर थापाले प्राप्त गर्दा वडा नम्बर २ कै खेलाडीहरु अजय यादवले ३ हजार रुपैयाँसहितको उत्कृष्ट फिल्डिङ पुरस्कार, तुल बहादुर थापाले ३ हजार रुपैया राशीको उत्कृष्ट ब्याटसम्यान एवं अभिषेक कोहारले ३ हजार रुपैयाँ राशीको  उत्कृष्ट  बलर घोषित भई पुरस्कार  प्राप्त गरे । प्रतियोगितामा  लगातार तीन छक्का प्रहार गर्ने खेलाडीहरु तुल बहादुर थापा ५ पटक (वडा २), लाल बहादुर अधिकारी २ पटक (वडा १), विजय यादव १ पटक तथा हैट्रिक विकेट, (वडा ५), धनञ्जय धवल २ पटक (वडा ४), सन्देश धवल १ पटक (वडा ३), सन्जय धवल २ पटक (वडा ३) ले प्रति हैट्रिक छक्का ५ सयका दरले  पुरस्कार प्राप्त गरे । त्यसै गरी एक हातले क्याच समात्ने दर्शकहरु पनि जनही २ सय रुपैयाँ पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार प्राप्त गर्नेमा निरज मौर्य (४ पटक), उपेन्द्र यादव (१ पटक), सुरेन्द्र यादव (१ पटक) छन् । 

    विजेता तथा उपविजेता टीमका खेलाडीहरुलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु), उपाध्यक्ष सुनिता चौधरी, प्र्रमुुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, आयोजक संस्था द राईजिङ क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ता लगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । 

    ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा द राईजिङ क्लब अफ बर्दिहवाको आयोजनामा चैत १ गतेबाट सुरु भएको प्रतियोगितामा ओमसतिया गाउँपालिकाको कर्मचारीको २ टीमसहित सम्पूर्ण ६ वडाका गरी ८ टीमको सहभागीता रहेको आयोजक संस्थाका अध्यक्ष गुप्ताले बताए ।  

    समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित यादवले गाउँपालिकाले क्रिकेटसहित अन्य खेल गतिविधिलाई प्राथमिकतामा राखेको र गाउँपालिकाको आफनै क्रिकेट टीम बनाइने बताए । त्यसै गरी शिक्षा शाखा प्रमुख हरी पोखरेलले सभ्य एवं भव्य तरिकामा क्रिकेट सम्पन्न भएको र खेलाडीले अवसर पाएको बताए । समापन समारोहको सञ्चालन ओमसतिया गाउँपालिकाका कर्मचारी मनोज यादवले गरेका थिए । 


     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij