२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सियारीमा दलित समुदायका लागि प्रशिक्षण 

मंगलवार , चैत्र ७, २०७९

रुपन्देही, ७ चैत । 
५८ औं जाती तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) को अवसरमा रुपन्देहीको सियारी गाउँपालिकामा दलित समुदायका लागि कानूनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । तराई दलित सरोकार केन्द्र रुपन्देहीको आयोजना तथा सियारी गाउँपालिकाको सहयोगमा मंगलबार वडा नम्बर ३ मा कार्यक्रम गरिएको हो । 

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले दलित समुदायको हकअधिकार स्थापित गर्नका लागि गाउँपालिका अग्रसर रहेको बताए । कार्यक्रममा विशिष्ट अतिथि तारा थारुले दलित समुदायका लागि आरक्षण आवश्यक रहेको बताइन् । 
तराई दलित सरोकार केन्द्र रुपन्देहीका अध्यक्ष बुद्धिराम हरिजनले तराईका दलित समुदाय जातीय विभेदसँगै गरिबि र आर्थिक विभेदबाट पनि समस्यामा रहेको बताए । 

त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ शर्माले संविधानमा भएको अधिकार कार्यान्वयन गर्नका लागि समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य सूर्य नारायण यादव, सियारी गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष रामचन्द्र कुर्मी, दलित वडा सदस्य सुभावती हरिजन, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, दलित सेवा संघका सचिव अमरजीत हरिजन लगायतले बोलेका थिए । कार्यक्रममा सियारी गाउँपालिकाका ७ वटै वडाका व्यक्तिहरुको सहभागीता रहेको थियो ।