images

शुक्रवार, बैशाख १४ गते २०८१

ओमसतिया अध्यक्ष कप : वडा नम्बर २ र वडा नम्बर ४ विजयी 

ओमसतिया अध्यक्ष कप : वडा नम्बर २ र वडा नम्बर ४ विजयी 

images
images
images
शनिवार, चैत्र ४ २०७९
शनिवार, चैत्र ४ २०७९
  • ओमसतिया अध्यक्ष कप : वडा नम्बर २ र वडा नम्बर ४ विजयी 

    भैरहवा, ४ चैत । 
    द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा ओमसतिया–२ स्थित कर्मडाडामा जारी अध्यक्ष कप–२०७९ मा वडा नम्बर २ र वडा नम्बर ४ विजयी भएका छन् । 

    images

    वडा नम्बर १ र वडा नम्बर २ बीच भएको पहिलो खेलमा वडा नम्बर २ १८ रनले विजयी भएको छ । टस हारेर ब्यटिङ्गको निम्तो पाएको वडा नम्बर २ ले १५५ बनाएको थियो । उसको लागि तुल बहादुरले सर्वाधिक ७७ रनाए । २५ बल खेलेका तुल बहादुरले ९ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यस्तै विकासले २२ रन बनाए भने सुदिपले १० रन बनाए । बलिङ्गतर्फ वडा नम्बर १ का लालबहादुरले ३ विकेट लिए भने दिलबहादुर र मिर्नालले समान २/२ विकेट लिएका थिए । 

    १ सय ५६ रनको लक्ष्य लिइ खेल सुरु गरेको वडा नम्बर १ को टीम निर्धारित १५ ओभरमा १ सय ३७ रन मात्र बनाउन सक्यो । वडा नम्बर १ का लागि रुप नारायणले ३५ रन बनाए भने लाल बहादुरले ३२ रन र रुद्रले १७ रनको व्यक्तिगत योगदान दिए । बलिङ्गतर्फ वडा नम्बर २ का अभिषेकले ३ विकेट लिए । खेलका प्लेयर अफ द म्याच वडा नम्बर २ का तुल बहादुर भए । 

    शनिबार नै सम्पन्न गाउँपालिका ए र वडा नम्बर ४ का बीच सम्पन्न दोस्रो खेलमा वडा नम्बर ४, ८ विकेटले विजयी भएको छ । टस हारेर ब्यटिङ्गका लागि आमन्त्रित गाउँपालिका ए को टीम निर्धारित १५ ओभर खेल्दै १०६ रन बनाएको थियो । गाउँपालिका ए को लागि मान बहादुरले सर्वाधिक ३७ रन बनाउँदा विरेन्द्रले १४ रन र मनोजले ११ रन बनाए । बलिङ्गतर्फ वडा नम्बर ४ का विश्वास र उज्वलले २/२ विकेट लिए । 

    १०७ रनको लक्ष्य पाएको वडा नम्बर ४ ले १० ओभर खेल्दै २ विकेटको नोक्सानीमा लक्ष्य भेट्टाएको थियो । उसका लागि सन्देशले ५० रन बनाए । २७ बल खेलेका उनले ६ छक्का र १ चौका प्रहार गरेका थिए । त्यस्तै २३ बलमा ६ छक्का, १ चौका प्रहार गरी पिन्टुले अविजित ५० रन बनाएका थिए । बलिङ्गतर्फ गाउँपालिका ए का मान बहादुर र साहिलले समान १/१ विकेट बाडेका थिए । खेलमा वडा नम्बर ४ का पिन्टु सहानी प्लेयर अफ द म्याच घोषित भए ।

    आइतबारको पहिलो खेल वडा नम्बर १ र गाउँपालिका बी का बीच तथा दोस्रो खेल वडा नम्बर ३ र गाउँपालिका ए का बीच हुने आयोजक द राईजिङ्ग क्लब अफ बर्दिहवाका राकेश गुप्ताले जनाए । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता चैत ९ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टीम र गाउँपालिकाको दुई टीम गरी प्रतियोगितामा ८ टीम रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितिय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij