आइतवार, चैत्र १२ गते २०७९

तिलोत्तमाले कुशल भुर्तेललाई नगद ५० हजारसहित सम्मान गर्ने

तिलोत्तमाले कुशल भुर्तेललाई नगद ५० हजारसहित सम्मान गर्ने

images
images

खबर पात्रो

३, चैत्र २०७९
  • 455
    SHARES
  • तिलोत्तमाले कुशल भुर्तेललाई नगद ५० हजारसहित सम्मान गर्ने

    भैरहवा, ३ चैत ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा १० खेल जितेर क्वालिफायरमा छनोट भएको नेपाली टोलीका भुर्तेल तिलोत्तमा नगरपालिकावासी हुन् । 

    सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका भुर्तेललाई ५० हजार नगदसहित नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको उपप्रमुख जगेश्वरीदेवी चौधरीले बताइन् । 
    ‘तिलोत्तमा नगरवासी भएकाले कुशल भुर्तेललाई प्रोत्साहनका लागि नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने शुक्रबार निर्णय भएको छ’–उपप्रमुख चौधरीले भनिन् । 

    images

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - २०:४८:४७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend