
शुक्रवार , श्रावण १६, २०७७
बुटवल, १६ साउन ।
बुटवलको लुम्बिनी सिटी अस्पताल तथा मेडिकल साइन्सेज प्रा.लि.ले व्यक्ति र संस्थाको चरित्र हत्या र जनमानसमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ ।
एक अनलाइनले साउन १३ गते अस्पताल प्रशासन, डाक्टर र फार्मेसी सञ्चालकलाई जोडेर प्रकाशित गरेको समाचारमा अस्पताल र सम्बन्धित व्यक्तिहरुसंग कुनै प्रतिक्रिया नै नलिई एकतर्फी र चरित्र हत्या गर्ने मनसायले लेखिएको दावी गरेको छ ।
अस्पताल प्रशासन प्रमुख लोकनाथ भुसाल, न्युरो सर्जन डा. सुदिपराज सिंह र फार्मेसी सञ्चालक बसन्त जिसीको हस्ताक्षरमा जारी संयुक्त विज्ञप्तिमा अस्पताल सञ्चालकहरुमाथि सत्यतथ्यविपरीत लाञ्छना लगाइएको उल्लेख छ ।
अस्पतालमा लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासको ५० प्रतिशत स्वामित्व कायमै रहेको विज्ञप्तीमार्फत स्पष्ट पारिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij