२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

तिलोत्तमामा सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रियासम्बन्धी अभिमुखीकरण 

मंगलवार , फाल्गुण २३, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • तिलोत्तमा, २३ फागुन ।
    तिलोत्तमा नगरपालिकाका सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई चुस्तदुरुस्त पार्ने उद्देश्यले बैंकका प्रतिनिधिहरुलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी प्रक्रियासम्बन्धी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका तिलोत्तमा नगरपालिकाभित्र रहेका सामाजिक सुरक्षामा संलग्न ११ वटा बैंकका प्रतिनिधिहरुका लागि सोमबार नगरपालिका सभाहल कुञ्जलापुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    तालिमले विभिन्न सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्तिहरुमा थप सहजता प्रदान हुने प्रशासन योजना तथा नुगमन शाखा प्रमुख माधव प्रसाद पोख्रेलले बताए । नगरपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका, विधवा लगायतको शिर्षकमा नेपाल सरकारले वितरण गरेको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने गरेको छ । बैंकिङ प्रणालीलाई थप सहज तुल्याउन र त्यसमार्फत सेवाग्राहीहरुमा थप सुविधा प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको प्रमुख पोख्रेलले बताए ।

    बैंक, सामाजिक सुरक्षा र लेखासँग सम्बन्धित समस्याहरुको समाधानका लागि बैंक र नगरपालिकाको पञ्जीकरण शाखाको नियमित परामर्श हुनुपर्ने भन्दै नगरपालिकाका लेखा अधिकृत रमेश बस्यालले हरेक लाभान्वित नागरिकको सहज सेवाका लागि जिम्मेवारीपूर्ण ढंगले सामाजिक दायित्व पुरा गर्नुपर्ने बताए । 

    सो अवसरमा नगरपालिका पञ्जीकरण शाखाका युवराज तिवारी, सामाजिक शाखा प्रमुख विनोद ज्ञवाली र मोहन न्यौपानेले बैंक प्रतिनिधिहरुमा रहेका समस्या र जिज्ञासाको समाधान गरेका थिए ।