images

शनिवार, बैशाख २२ गते २०८१

रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

images
images
images
शुक्रवार, फाल्गुण १९ २०७९
शुक्रवार, फाल्गुण १९ २०७९
  • रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    भैरहवा, १९ फागुन ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिबीच भलिबल, विभिन्न विद्यालयकाका विद्यार्थीबीच एथलेटिक्स, कराँते लगायतका खेल हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए । प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने घिमिरेले जानकारी दिए । प्रतियोगिता फागुन २१ गतेसम्म सञ्चालन हुने घिमिरेले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक विद्या प्रसाद यादवले कार्यक्रममा विभिन्न विद्यालयहरुको सहभागीता रहेको बताए । उनले आगामी वर्षहरुमा प्रतियोगितालाई अझ व्यवस्थित गर्दै लैजाने बताए । उनले भने, ‘यो प्रतियोगितालाई निरन्तरता दिदै जानुपर्छ । ’

    IMG_9918.JPG

    गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिकाले शिक्षासँगै खेलकुदलाई प्राथमिकता दिएको बताइन् । उनले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि योजना बनाएर अघि बढ्ने बताइन् ।

    रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले आगामी दिनमा पनि खेलकुद प्रतियोगिता आयोजना गर्दै जाने बताए ।

    समाजसेवी हरिद्वार हरिजनले विद्यार्थीहरुलाई पढाइसँगै खेलकुद पनि आवश्यक भएको र खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको मनोबल बढाउने बताए । 

    श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक रामसुरेश वर्माको स्वागत तथा रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, वडा नम्बर १ का अध्यक्ष आविद अली पठान, ४ का अध्यक्ष तारानाथ यादव, ७ का अध्यक्ष अन्नान अहमद भाट, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।प्रतियोगिताको उद्घाटन अघि विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

    IMG_9779.JPG

    त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति तथा कराँते खेलाडीले खेल प्रदर्शन गरेका थिए ।

    IMG_9890.JPG
    IMG_9907.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij