२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

रोहिणी १ नम्बर वडा कार्यालयद्वारा विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

शुक्रवार , फाल्गुण ५, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ५ फागुन ।
    रोहिणी गाउँपालिका १ नम्बर वडा कार्यालय बगहा, रुपन्देहीले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । वडा कार्यालयले बिहीबार एक कार्यक्रमकाबीच सामूदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक, झोला, कापी, डायरी र मेडल प्रदान गरेको हो ।

    बगहा माविमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई झोला, कलम तथा मेडल वितरण गरिएको वडाअध्यक्ष आविद अली पठानले बताए । त्यस्तै वडा नम्बर १ अन्तर्गत रहेका मदरसाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको उनले बताए । उनले भने, ’विद्यार्थीहरुलाई प्रोत्साहन गर्न पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।’

    IMG_8641.JPG

    कार्यक्रममा वडाअध्यक्ष आविद अली पठान, वडा सदस्य रिजवान खान,अमिन खान, वडा सचिव राज कुमार मिश्रा, बगहा मावि व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर उप्रेती, विद्यालयका प्रअ दिनेश कुर्मी, रोहिणी गाउँपालिका न्यायिक मेलमिलाप सदस्य मोहम्मद हनिफ, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।