images

सोमवार, बैशाख १७ गते २०८१

१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङशिल्ड

१३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङशिल्ड

images
images
images
बिहिवार, फाल्गुण ४ २०७९
बिहिवार, फाल्गुण ४ २०७९
  • १३ स्वर्णसहित कुंवरवर्तीले जित्यो राष्ट्रपति रनिङशिल्ड

    रुपन्देही, ४ फागुन ।

    images

    रुपन्देहीको तिलोत्तमामा भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १३ स्वर्ण पदक जित्दै  कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ च्याम्पियन भएको छ । कुल ३० स्वर्ण पदक मध्ये १३ वटा इभेन्टका खेलमा कुंवरवर्ती बोर्डिङले जीत निकाल्दै च्याम्पियन भएको हो । यो सँगै कुंवरवर्तीले रनिङशिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ । 

    वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेलमैदानमा भएको प्रतियोगितामा पशुपति माध्यमिक विद्यालय कोटिहवाले ५ स्वर्ण पदकसहित दोस्रो स्थानमा रहन सफल भएको छ भने शान्ति नमूना ४ पदकसहित तेस्रो भएको छ । होराइजन जीबीएसले ३ स्वर्ण पदक जितेको छ । 

    त्यस्तै जनजागृति, टिकुलिगढ मावि, सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी, र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेको प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले बताए । 

    यस्तै छात्र छात्रातर्फको भलिबलमा कुंवरवर्ती बोर्डिङ स्कूल विजेता बनेको छ । भलिबलमा छात्रतर्फ जनज्योति माविलाई उपविजेतामा रोक्दै कुंवरवर्ती  विजेता भएको हो । छात्रातर्फ पनि सेन्ट जोसेफलाई उपविजेतामा रोक्दै कुंवरवर्ती विजयी भएको भलिबल संयोजक मिलन रानाले बताए । यस्तै कबड्डीतर्फ छात्रामा होराइजन जीबीएस र छात्रमा शान्ति नमूना मावि विजेता भएका छन् । हाइजम्पमा  छात्रातर्फ पशुपति मावि र छात्रतर्फ शान्ति नमूना मावि विजेता भएका छन् ।  

    नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले रनिङशिल्डमा प्रतिष्पर्धा गरेको तिलोत्तमा नगरपालिकाका शिक्षा शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरी चौधरी, वडा नम्बर ४ का वडाध्यक्ष हरि बहादुर क्षेत्रीले शिल्ड, कप, मेडल तथा नगद पुरस्कार प्रदान गर्नुभएको प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij