images

सोमवार, बैशाख १७ गते २०८१

पाँचौं पिएल पिएल : रोहिणी स्टार विजयी

पाँचौं पिएल पिएल : रोहिणी स्टार विजयी

images
images
images
मंगलवार, फाल्गुण २ २०७९
मंगलवार, फाल्गुण २ २०७९
  • पाँचौं पिएल पिएल : रोहिणी स्टार विजयी

    भैरहवा, २ फागुन ।
    लुम्बिनी नव युवा क्लब पडरियाको आयोजनामा लुम्बिनीमा जारी पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट टुर्नामेन्ट (पिएल पिएल) अन्तर्गत मंगलबार भएको खेलमा रोहिणी स्टार, धकधई विजयी भएको छ । रोहिणी स्टारले होटल पवन प्यालेसलाई ८४ रनले पराजित गर्दै जीत निकालेको हो ।

    images

    लुम्बिनी विकास कोषको खेलमैदानमा टस जितेर पवन प्यालेसले बलिङ रोज्यो । पहिला ब्याटिङ गरेको रोहिणी स्टारले १२ ओभरमा ६ विकेट गुमाउँदै १६१ रनको योगफल बनायो । उसका लागि अबरारले ६० (नटआउट), रुपेशले ३१, आशिषले २०, तब्रेजले १८ (नटआउट), धिरुले १४, निश्चलले ६ रन र सन्तोषले १ रनको योगदान गरे ।

    बलिङमा होटल पवन प्यालेसका राजेन्द्रले ३, सजाउद्दिनले २ र बद्रे आलमले १ विकेट लिए ।

    जवाफमा होटल पवन प्यालेस ९ विकेट गुमाउँदै ७७ रनमा समेटियो । उसका नसिमले १३, अनिशले ८, अजय र एकलाखले समान ७/७, रसिदले ६ र असलमले १ रन (नटआउट)को योगदान गरे ।

    बलिङमा रोहिणी स्टारका धिरुले ३, अबरारले २ तथा मनोज, सुदीप, रुपेश र सद्दामले १/१ विकेट लिए ।

    खेलमा रोहिणी स्टारका अबरार म्यान द अफ द म्याच र धिरु गेम चेन्जर अफ द म्याच घोषित भए ।

    रोहिणी गाउँपालिकाले माघ ३ देखि माघ १३ गतेसम्म धकधईमा रोहिणी अध्यक्ष कप–२०७९ (क्रिकेट प्रतियोगिता)को आयोजना गरेको थियो । प्रतियोगितापश्चात खेलाडीहरु छनौट गरी पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल) टुर्नामेन्टमा रोहिणी स्टार सहभागी भएको हो ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विजयी टीम तथा खेलाडीहरुलाई बधाई दिदै आगामी गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । 

    प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट ब्याट्सम्यान र बेष्ट बलरलाई तीन हजार नगद, अनुशासित टीमलाई ५ हजारले पुरस्कृत गरिने खेल संयोजक मोहम्मद सरिफले बताए । म्यान अफ द सिरिजमा भने यसपटक रेन्जर साइकल राखिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच र गेम चेन्जर खेलाडीलाई नगद ५–५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् । 

    प्रतियोगितामा नेपाल र भारत तर्फबाट १६–१६ टीमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएका छन् । विगत ४ वटा प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको यो प्रतियोगिताले यस क्षेत्रको खेलाडीहरुमा विकाससँगै अनुशासनमा रुपान्तरण गरेको आयोजक संस्था लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।

    नकआउट चरणमा हुने खेल देशबीच प्रतिष्पर्धा हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा भारतको गोरखपुर, आजमगढ, लखनउ, बढनी, ककरहवा, उस्का आजमगढ लगायतका टीमले सहभागिता जनाएका छन् भने नेपालतर्फबाट रुपन्देही, गुल्मी, कपिलवस्तु र नवलपरासीका टीमहरुबीच प्रतिष्पर्धा हुनेछ ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij