२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अर्घाखाँचीमा फागुन ४ देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

मंगलवार , फाल्गुण २, २०७९

अर्घाखाँची, २ फागुन । 
अर्घाखाँचीको स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता-२०७९ यही फागुन ४ गतेदेखि सुरु हुने भएको छ । भुमिकास्थान नगरपालिका– ८, लम्चीमा रहेको रातापोखरा खेल मैदानमा हुने प्रतियोगिता ६ फागुनसम्म चल्नेछ । 

जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको तयारी तथा खेलाडी छनौंटको रुपमा लिइने यस प्रतियोगितामा छात्र÷छात्रा भलिवल, १०० देखि १५ सय मिटर सम्मका छुट्टा–छुट्टै छात्र/छात्रा दौड, छात्र/छात्रा कबड्डी, छात्र÷छात्रा लङजम्प, छात्र÷छात्रा त्रिपलजम्प, छात्र÷छात्रा हाईजम्प, छात्र÷छात्रा सटपुट र छात्र/छात्रा ज्यावलिङ थ्रो जस्ता खेलहरु खेलाइने तय भएको छ । 
प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेलकुंद तथा शिक्षा शाखा प्रमुख सापकोटाले जानकारी दिए ।