images
images

शनिवार, जेठ ५ गते २०८१

रुपन्देही सुपर लिग सुरु : उद्घाटन खेलमा नेपथ्य विजयी

रुपन्देही सुपर लिग सुरु : उद्घाटन खेलमा नेपथ्य विजयी

images
images
images
शनिवार, माघ २८ २०७९
शनिवार, माघ २८ २०७९
  • रुपन्देही सुपर लिग सुरु : उद्घाटन खेलमा नेपथ्य विजयी

    भैरहवा, २८ माघ ।
    भैरहवामा शनिबारदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता सुरु भएको छ । शनिबार भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिलले विजयी सुरुवात गरेको छ । नेपथ्यले देवदह क्रिकेट युनिट देवदहलाई ६८ रनले पराजित गर्दै जीत निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपथ्यले निर्धारित ३८ ओभरको खेलमा ३७ ओभर १ बलमा सबै विकेट गुमाई १ सय ५० रनको योगफल तयार पारेको थियो । उसका लागि अंकित बिकले सर्वाधिक ३२ रन बनाउँदा सुनिल धमलाले २३, निशान्त शर्माले १९ र कृष्ण पराजुलीले १४ रनको योगदान दिए ।

    बलिङमा देवदहका किर्तिमान ढकाल र संकेत भट्टराईले समान ३–३ विकेट लिँदा अर्जुन रायमाझीले २ तथा प्रशान्त गैरे र सुरज खड्काले १–१ विकेट लिए ।

    प्रतिउत्तरमा जीतका लागि पाएको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा देवदह २७ ओभर ३ बलमा सबै विकेट गुमाई ८२ रन मात्र बनाई ६८ रनले पराजित हुन पुग्यो । देवदहका विनित कार्कीले सर्वाधिक ३१ रन र संकेत भट्टराईले १२ रनबाहेक अरु कुनै खेलाडीले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

    देवदहलाई सस्तैमा रोक्न नेपथ्यका सुनिल धमलाले ५ विकेट लिए भने सन्देश पंगेनीले २ तथा कृष्ण पराजुली, आशिष पाण्डे र सरोज भुसालले समान १–१ विकेट लिए । खेलमा म्यान नेपथ्यका सुनिल धमला अफ द म्याच भइ एक हजार रुपैयाँबाट पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत आइतबार गोलपार्क क्रिकेट क्लब, बुटवल र साई ग्लोबल एकेडमी, भैरहवाबीच हुनेछ ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा  म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर  नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष तथा विके ज्वेलर्स, भैरहवनका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

    प्रतियोगिताको एक समारोहबीच सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा आयोजक संस्थाका अध्यक्ष हरिबहादुर थापा, सचिव संजय गुरुङ लगायत खेलाडी एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij