२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

ओमसतिया गाउँपालिकाको १२ औं अधिवेशन सुरु

शनिवार , माघ २८, २०७९

भैरहवा, २८ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को हिउँदे अधिवेशन (१२ औं अधिवेशन ) शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिका वडा नम्बर ३ हाटीफर्साटिकरस्थित कार्यालय भवनको सुरु अधिवेशनको गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले उद्घाटन गरेका छन् । उनले यो अधिवेशनमा कार्यपालिका सदस्यहरुको राय–सुझाव लिने, बजेट खर्चको अवस्था, आर्थिक वर्षको कार्ययोजना, गर्नुपर्ने काम लगायतका विषयमा छलफल हुने बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष मदन कुमार पोख्रेलले यो अधिवेशनले अघिल्लो ६ महिनामा भए गरेका कामहरुको मूल्यांकन गर्ने बताए । उनले अधिवेशनमा सम्पूर्ण सदस्यहरुको राय सुनेर आवश्यकता अनुसार निर्णय गरिने जनाए । अधिवेशनमा सक्रियतापूर्वक सम्पूर्ण सदस्यहरुको सहभागीता र सुझाव आउने आफूले विश्वास गरेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले गाउँपालिकाले निर्धारण गरेका विषयवस्तुमा गहन छलफल गरी आर्थिक वर्षको बाँकी समयको कार्यदिशा तय गरिने जानकारी दिए ।