२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पामिरद्वारा जनप्रतिनिधि, टोल विकास संस्था र युवा क्लबलाई सम्मान

बिहिवार , माघ २६, २०७९

रुपन्देही, २६ माघ ।
पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले आफ्नो वडाका जनप्रतिनिधि र टोल विकास संस्थाहरुलाई सम्मान गरेको छ । विद्यालयको शैक्षिक विकासमा वडाका जनप्रतिनिधि र टोल विकास संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यालयले आफ्नो १५ औं वार्षिकोत्सको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । 

विद्यालयले तिलोत्तमा–२ का वडाअध्यक्ष डिलबहादुर भट्टराईसहित चारजना वडा सदस्यहरुलाई प्रमाणपत्रबाट सम्मान गरिएको हो । त्यस्तै वडा नम्बर २ मा रहेका ११ वटा टोल विकास संस्थाका अध्यक्ष तथा दुईवटा युवा क्लबलाई समेत सम्मान गरिएको विद्यालयका प्राचार्य गोपाल गौतमले जानकारी दिए । सम्मानित हुने युवा क्लबमा नवज्योती युवा क्लबका अध्यक्ष दिपेश कंडेल र जागृती युवा क्लबका अध्यक्ष विदुर केसी रहेका छन् । 

कार्यक्रममा तिलोत्तमा नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईं र प्राचार्य गोपाल गौतमले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।