बुधवार , माघ २५, २०७९
भैरहवा, २५ माघ ।
रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा आगामी माघ २८ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)को प्राविधिक सहयोगमा रोहिणी–५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालयमा शिविर हुने रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ लाई लक्षित गर्दै आयोजना हुने शिविरमा स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले आग्रह गरेको छ । शिविरमा मुटु, पेट, छाती रोग, मधुमेह, रक्तचाप (प्रेसर), महिलारोग, बालरोग, छाला रोग, नाक, कान, घाँटी रोग, हाडजोर्नी तथा नशा रोग, दन्तरोग, निःशुल्क रगत परीक्षण, ई.सी.जी., भिडियो एक्स–रे तथा निःशुल्क औषधीको व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । आयोजककाअनुसार बिहान साढे ७ बजेदेखि शिविर सुरु हुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
