
मंगलवार , माघ २४, २०७९
तिलोत्तमा, २४ माघ ,
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रुपन्देही जिल्ला दोस्रो अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिताको सफलता तिलोत्तमा नगरपालिकालाई प्राप्त भएको छ । नेपाल निजामती कर्मचारी संगठन देवदह नगर ईकाई समितिको आयोजनामा मंगलबारदेखि सुरु सो प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सियारी गाउँपालिकालाई तिलोत्तमा
नगरपालिकाको तर्फबाट इन्जिनियर कल्याणजंग अधिकारीले १ गोल गरी नगरपालिकालाई जिताएका हुन् । खेलमा म्यान अफ द म्याच हुँदै तिलोत्तमा नगरपालिकाका कल्याण जंग अधिकारीले १ हजार नगदसहित शिल्ड प्राप्त गरेका थिए ।
खेलको पहिलो हाफसम्म कुनै पनि गोल भएको थिएन तर दोस्रो हाफको १३ औं मिनेटमा कल्याण जंग अधिकारीले बलको सदुपयोग गर्दै १ गोल गरेका थिए । सियारी गाउँपालिकाको धेरै प्रयास भए पनि तिलोत्तामाका किप्पर राजु शर्माको बेजोड किपिंगले गोल हुन सकेन ।
प्रतियोगिता अन्तर्गत देवदह नगरपालिका र शुद्धोधन गाउँपालिकाबीचको उद्घाटन खेलमा देवदहले शुद्धोधनलाई ३–० अन्तरले हराएको छ । पहिलो जीतसँगै भोली तिलोत्तमा नगरपालिकाले छिमेकी नगरपालिका सिद्धार्थनगरसँग क्वाटरफाइनल खेल खेल्ने तिलोत्तमा नगरपालिकाका टीम म्यानेजर तथा प्रमुख लेखा अधिकृत रमेश बस्यालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij