मंगलवार, मंसिर १९ गते २०८०

गुट्खा प्रतिबन्धको निर्णय कार्यान्वयन गर्दै सिद्धार्थनगर नगरपालिका

गुट्खा प्रतिबन्धको निर्णय कार्यान्वयन गर्दै सिद्धार्थनगर नगरपालिका

images
images

खबर पात्रो

१०, माघ २०७९
  • 1.7K
    SHARES
  • गुट्खा प्रतिबन्धको निर्णय कार्यान्वयन गर्दै सिद्धार्थनगर नगरपालिका

    भैरहवा, १० माघ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले नगर क्षेत्र भित्र गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने गरेको निर्णयको कार्यान्वयन गर्न सुरु गरेको छ ।

    नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तीजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत प्रतिकुल असर परिरहेको निष्कर्ष निकाल्दै गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    images
    images

    सोपश्चात कार्यालयले पुस ४ गते गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थको विक्रीवितरण नगर्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । समयावधी पश्चात पनि नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ विक्रीवितरण नरोकिएपछि निर्णय कार्यान्वयनतर्फ लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । ‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’ उनले भने, ‘त्यसैअनरुप गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थको विक्रीवितरणमा प्रतिबन्ध लगाइएको हो ।’

    निर्णय कार्यान्वयनको क्रममा नगरमा विक्रीवितरण भइरहेको गुट्खा प्रकृतिका सूर्तीजन्य पदार्थ जफत गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधि समेत रोहवरमा नष्ट गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

     

    images
    प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १८:२३:४४ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij