शुक्रवार, आश्विन ५ गते २०८०

रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

images
images

खबर पात्रो

९, माघ २०७९
  • 853
    SHARES
  • रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

    भैरहवा, ९ माघ ।
    रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले एकल महिला तथा विधवाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमकाबीच कम्बल वितरण गरेको हो । 

    चिसो मौसमलाई मध्यनजर गर्दै १४० जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । उनले भने, ‘नागरिकलाई विकासको अनुभुति दिलाउन लागिपरेका छौं, थुप्रै काम गर्न बाँकी छ । ’उनले सबैले समेट्न सकियोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए ।

    images
    images

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले जनताको पीर मर्का नजिकसँग बुझ्न पाएको बताए । जनता र सरकारबीचको सम्बन्धलाई स्थानीय सरकारले थप बलियो बनाएको उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘जनतालाई नजिकबाट सेवा दिन्छौं, रोहिणीलाई नमूना गाउँपालिका बनाउँछौं, विकासका एजेण्डामा एकताबद्ध छौं । ’

    गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालयले राम्रो काम गरेको बताइन् । उनले आगामी वर्षहरुमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले सबैलाई समेट्न र सँगसँगै लैजाने प्रयास गरेको बताए । उनले स्थानीय सरकार पालिकाको विकासका लागि नागरिकसँग हातेमालो गर्दै अघि बढेको बताए । 

    रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले नागरिकको समस्या समाधानमा वडा कार्यालय र गाउँपालिका लागिपरेको बताए ।

    रोहिणी गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, सरस्वती विश्वकर्माको स्वागत तथा रोहिणी–३ की वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - १६:२६:२५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij