images

शुक्रवार, बैशाख ७ गते २०८१

सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न

सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न

images
images
images
शनिवार, माघ ७ २०७९
शनिवार, माघ ७ २०७९
  • सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न

    भैरहवा, ७ माघ । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपांगता परीक्षण घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाको आयोजनामा भीम अस्पतालमा सम्पन्न शिविरमा बालबालिकासहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

    images
    images
    images

    शिविरमा अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रबाट खटिएका अनुभवी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।

    ‘शारीरिक अपांगता भए पनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परीक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर सञ्चालनले सेवा लिएका सर्वसाधारण लाभान्वित भएका छन् ।’ उनले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार २० जनालाई अर्थोपेडिक सामग्री, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर र ४ जना वैशाखी समेत उपलब्ध गराइएको बताइन् ।

    ‘शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परीक्षण गर्दा १० जनाको शुल्यक्रिया (अपरेशन) गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको निःशुल्क अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौं ।’ 

    उनकाअनुसार उक्त शिविरको परीक्षणमार्फत दुई जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात निःशुल्क उपलब्ध गराइने छ ।

    शिविर १८ वर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकालाई लक्षित गरिए पनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथीका सर्वसाधारणलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

    शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु परीक्षणका लागि बढी आएको अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij