images

मंगलवार, बैशाख ११ गते २०८१

जिल्ला प्रशासन कार्यालयद्वारा रोहिणीमा न्यानो कपडा वितरण

जिल्ला प्रशासन कार्यालयद्वारा रोहिणीमा न्यानो कपडा वितरण

images
images
images
शुक्रवार, माघ ६ २०७९
शुक्रवार, माघ ६ २०७९
  • जिल्ला प्रशासन कार्यालयद्वारा रोहिणीमा न्यानो कपडा वितरण

    भैरहवा, ६ माघ ।
    जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले रोहिणी गाउँपालिकामा न्यानो कपडा (कम्बल) वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, रुपन्देहीले बिहीबार रोहिणीमा कम्बल वितरण गरेको हो ।

    images

    रोहिणीमा १७० जनालाई कम्बल वितरण गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भरतमणी पाण्डेले बताए ।

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकामा आएर विपद् व्यवस्थापन समितिले न्यानो कपडा वितरण गर्नु सराहनीय रहेको बताए । उनले भने, ‘चिसो र शितलहरबाट कसैलाई पनि समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गर्नु सराहनीय हो ।’

    IMG_5134.JPG

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक गगन कुमार श्रेष्ठ, रोहिणी गाउँपालिका–१ का वडाअध्यक्ष आविद अली पठान, गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख कल्पना खनाल, महिला तथा बालबालिका शाखा प्रमुख जमुना शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

    IMG_5116.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij