
बिहिवार , पौष २८, २०७९
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाको १२औं गाउँसभा शुक्रवार हुने भएको छ ।
गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले शुक्रवार दिउसो १ बजेका लागि गाउँसभा आब्हान गर्नु भएको हो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १९(२) अनुसार अध्यक्ष घिमिरेले गाउँसभा बैठकको आब्हान गरेका हुन् ।
गाउँसभा बैठकमा हालसम्मको समिक्षा र आगामी कार्यदिशाबारे छलफल तथा बिभिन्न विधेयक पारित सम्बन्धी छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
उनले बैठकले नगर प्रहरी ऐन संशोसन सम्बन्धी र विविध बिषयमाथि छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत न्यौपानेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij