
सोमवार , पौष २५, २०७९
भैरहवा, २५ पुस ।
रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गतका विद्यालयहरु पाँच दिनका लागि बन्द हुने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै मौसममा कुनै सुधार नआएकाले पुनः पुस २५ गतेदेखि पुस २९ गतेसम्म विद्यालय बन्द गरिएको जनाएको छ ।
यसअघि अत्याधिक चिसो मौसमका कारण गाउँपालिकाले पुस १९ देखि २४ गतेसम्म विद्यालयहरु बन्द गरेको थियो । वर्षे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij