२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

समाजसेवी शेरबहादुर गुरुङको नाममा कविता प्रतियोगिता

मंगलवार , पौष ७, २०७७

बुटवल, ७ पुस ।
बुटवलका वरिष्ठ समाजसेवी शेरबहादुर गुरुङको नाममा बुटवलको कालिका मानव ज्ञान माविले अन्तरमावि जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयका पूर्व अध्यक्ष एवं चन्दादाता गुरुङको नाममा कोभिड र शिक्षा विषयक कविता प्रतियोगिता भएको हो । 

रुपन्देहीका विभिन्न १३ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेको कविता गोष्ठीमा क्यानन माविका प्रिन्स श्रेष्ठ, सगरमाथा बोर्डिंग स्कूलकी छात्रा बन्दना भट्टराई र केरवानी माविका राहुल सापकोटा क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । 

कविता प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई गुरुङका छोरा अशोक गुरुङले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । पुरस्कार वितरण गर्दै कार्यक्रमका अतिथि अशोक गुरुङले बुबाको नाममा कविता प्रतियोगिता आयोजना गरेर विद्यालयले आफ्नो बुबाको योगदानको सम्मान र कदर गरेको बताए ।