२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

रामवन सहकारीको १३ औं साधारणसभा

सोमवार , पौष ६, २०७७

भैरहवा, ६ पुस ।
रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–५, रुपन्देहीको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालनक माधवराज देवकोटाले सहकारी स्थानीय जनताको लगानी गरेर बनाएको संस्था भएकोले आफ्ना शेयर सदस्यको माग अनुसार कार्ययोजना बनाएर सहकारी अगाडि बढ्नुपर्ने बताए । अहिले पनि कतिपय सहकारीमा तानाशाही प्रवृति रहेकोले सहकारी ऐन अनुसार नीति नियममा रहेका कार्य गर्नुपर्नेमा देवकोटाले जोड दिए ।

संस्थाले हरेक गतिविधिलाई शेयर सदस्यको हितमा रही काम गर्नुपर्ने र संस्थाले कोही सदस्यलाई काख र कसैलाई पाख गर्ने प्रवृति अन्त्य गरी निष्पक्ष रुपमा संस्थालाई अगाडि बढाउनुपर्नेमा शेयर सदस्य रमेश डुम्रे र पुनहरि बेल्बासेले जोड दिए ।

साधारणसभामा संस्थाका अध्यक्ष बाबुराम भण्डारीले अध्यक्षको प्रतिवेदन र संस्थाको इतिहासबारे प्रकाश पारेका थिए । सचिव खेमराज पाण्डेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष डिल्लीराम गैरेले कोषको गतिविधिसहित प्रतिवेदन पेश गरेका थिए । कोभिड–१९ का कारण विभिन्न शिर्षकमा दिइने सम्मान तथा पुरस्कारहरु १४ औं साधारणभामा प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिए ।
संस्थाको पाँचौ अधिवेशनलृ भगवता भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खेमराज पाण्डे, सचिवमा डिल्लीराम गैरे र कोषाध्यक्षमा मधुसुदन खनाल निर्वाचित भएका छन् ।