२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल, एरिया ४ द्धारा अवार्ड वितरण

आइतवार , पौष ५, २०७७

बुटवल, ५ पुस ।
लायन्स इन्टरनेशनल ३२५ बी २ एरिया ४ को आयोजनामा प्रथम एरिया सम्मेलन तथा अवार्ड वितरण कार्यक्रममा शनिबार लायन्सका अग्रज हरुलाई सम्मान गरेको छ । विभिन्न विधामा पाल्पा, सुस्ता पूर्व नवलपरासी, सुस्ता पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु गरी १ सय ३० वटा क्लबहरुमध्येबाट यस वर्ष सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेका लायन्सहरुलाई अवार्डद्वारा सम्मान गरिएको हो । 

बुटवलमा आयोजना गरिएको कार्यक्रममा २५ वर्षदेखि सामाजिक सेवा गरेवापत  डिष्ट्रिकले दिर्घ सेवा सम्मानबाट पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठ, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, समाजसेवी नारायण प्रसाद अग्रवाल, सिद्धार्थ वाणिज्य संघका पूर्व अध्यक्ष ओमकार गौचन, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर हमाल, सुनवल नगरपालिकाका प्रमुख भरत थापा, लेक बहादुर कार्की, दिपक क्षेत्री न्यौपाने र लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ स्ट्राटेजिक चिफ नवराज न्यौपानेलाई इन्टरनेशनल पिनद्वारा सम्मान गरियो । 

कोभिड–१९ को बेलामा निजी सवारीसाधनबाट सेवा प्रदान गर्ने मंगल भण्डारी र शान्ता गैरेलाई अन्तर्राष्ट्रिय लायन्स पिनबाट सम्मानित गरिएको हो । 

डिष्ट्रिक गर्भनर शम्भु नर्कमी, फष्ट भिडिजी, राम प्रसाद भट्ट, सेकेण्ड भिडिजी सि.बी चन्दले सम्मान गरेका थिए । एरिया ४ ले नयाँ सदस्य तथा पुराना सदस्यहरुलाई निकट भविष्यमा नै तालिम सञ्चालन गर्ने र  सामाजिक क्षेत्रमा थप सामाजिक सेवा के–कसरी गर्ने भन्ने विषयमा समेत एरिया ४ को छलफल गरेको थियो । 

एरिया ४ मा यो वर्ष १ हजार २ साय २७ जना नयाँ सदस्य थपिएका छन् भने नयाँ र पुराना ५ हजार भन्दा बढी सदस्यहरु रहेका छन् । ७ वटा एरिया मध्येबाट उत्कृष्ट एरिया ४ भएकोमा कार्यालय सञ्चालनको लागि एक सेट कम्प्युटर, एक थान प्रिन्टर समेत डिष्ट्रिक गर्भनर शम्भु नकर्मीद्वारा एरिया चिफ सन्दिप कसौधन प्रदान गरिएको थियो । 

एरिया चिफ सन्दीप कसौधनको अध्यक्षता तथा लायन्स क्लव बुटवल स्टार्सले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको संयोजकत्व पूर्व अध्यक्ष तथा रिजन चेयरपर्सन आशिषकृष्ण श्रेष्ठले गरेका थिए । 

एरिया ४ का सचिव नेहा अग्रवालको सञ्चालन तथा लायन्स स्टार्सका अध्यक्ष शुसिल पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।