
आइतवार , पौष ५, २०७७
गुल्मी, ५ पुस ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । आइतबार जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ चिउरी डाडाँमा ट्याक्टर दुर्घटना हुदाँ ३१ वर्षिय पार्वाता वि.क.को मृत्यु भएको हो ।
मुसिकोट नगरपालिकाबाट वामी बजार आउँदै गरेको लु ३ त ११०० नम्बरको दुर्घटना हुँदा वि.क.को घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्याक्टर सडकदेखि ७ सय मिटर तल खसेको छ ।
ट्याक्टर दुर्घटना हुँदा घाइते भएका दुईजना मध्ये एकजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने एकजनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश केसीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij