२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

तिनाउ जेसीजद्वारा सरसफाई

शनिवार , पौष ४, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, ४ मंसिर । 
    नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन पश्चात् पहिलो कार्यक्रम प्रस्तावित तिनाउ जेसीजले महाधिवेशन स्थल सरसफाई गरेको छ । पुस १ देखि रुपन्देहीको भलवारीमा सुरु भयको नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशन शुक्रबार राती सम्पन्न भएको थियो । 

    महाधिवेशनमा प्रयोग गरिएका प्रचार समाग्रीका कारण महाधिवेशन स्थल बाहिर मुख्य सडकमा फोहर भएको देखेपछि प्रस्तावित तिनाउ जेसीज सरसफाई गरेको हो ।

    तिनाउ जेसीज ४७ औं राष्ट्रिय महाधिवेशन मार्फत नै  प्रस्ताबित भएको थियो । रुपन्देहीको ओमसतिया गाउँपालिका कार्यक्षेत्र बनाएर स्थापना भएको जेसीजले शाखा प्रस्तावित भएपछि आफ्नो पहिलो कार्यक्रम स्वरुप महाधिवेशन स्थल सरसफाई गरेको संस्थाका अध्यक्ष बिदुर पौडेलले जानकारी दिए । 

    वर्ष २०२१ का लागि नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषालको प्रमुख आतिथ्यता, वर्ष २०२१ का लागि नवनिर्वाचित राष्ट्रिय उपाध्यक्ष विमल ज्ञवालीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा मातृशाखाका अध्यक्ष चिरञ्जिवि बस्याल, महाधिवेशन निर्देशक प्रकाश पोखरेल, कपिलवस्तु जेसीजका अध्यक्ष मनोज खत्री, कोहलपुर जेसीजका अध्यक्ष संगम खनाल, कञ्चन जेसीजका अध्यक्ष बाबुराम पौडेल, सौरहा जेसीजका अध्यक्ष ठाकुर प्रसाद भण्डारी, सौरहा लेडि जेसीजका अध्यक्ष सरस्वती सेडाइ, सैनामैना जेसीजका अध्यक्ष सिता क्षेत्री लगायतले बोलेका थिए । 

    कार्यक्रममा सोही शाखाका माधव सिंह ठकुरी, आयुश पौडेल, अमर पाठक र सन्तोश थापाको उपस्थिति रहेको थियो ।

    तिनाउ जेसीजका सदस्य प्रतिक पौडेलको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।