images

मंगलवार, बैशाख ४ गते २०८१

रुपन्देही एकमा राम्रो मतान्तरमा निर्वाचन जित्छु : स्वतन्त्र उम्मेदवार न्यौपाने

रुपन्देही एकमा राम्रो मतान्तरमा निर्वाचन जित्छु : स्वतन्त्र उम्मेदवार न्यौपाने

images
images
images
बुधवार, कार्तिक ३० २०७९
बुधवार, कार्तिक ३० २०७९
  • रुपन्देही एकमा राम्रो मतान्तरमा निर्वाचन जित्छु : स्वतन्त्र उम्मेदवार न्यौपाने

    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर एक प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार लिलामणि न्यौपाने (एमडि) ले आफुले चुनाव जित्ने दावि गरेका छन् । उनले नेपाली जनताले परिर्वतनको चाहना देखाएकाले यस पटक आफुले निर्वाचन जित्नेमा दावी गरेका छन् ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नम्बर एकको समग्र बिकास गर्ने योजना सहित निर्वाचनमा होमिएका न्यौपानेले मतदाताको घरदैलोमा भोट माग्न जाँदा मतदाताले परिवर्तन चाहेको प्रतिक्रिया दिएपछि आफुलाई निर्वाचन जित्न कुनै कठिनाई नहुने बताए ।

    देशभरी नै अहिले मतदाताले परिवर्तन चाहनु भएको छ, यहाँका जनताले पनि परिवर्तनको चाहना देखाउनु भएको छ, हामी युवाहरु देश र जनताका लागि काम गर्न आएकाले जनताको आशा र भरोसालाई कहिल्यै निरासा नबनाउने गरी लाग्ने छु न्यौपानेले भने ।

    MD nEUPANE.jpg
    मतदातासग‌ न्याैपाने 

    उनले ३५ हजार मत सहित निर्वाचनमा विजयी हुने बताए । रुपन्देही क्षेत्र नम्बर एकका मतदाताले पनि आफुहरु परिवर्तनको पक्षमा रहेको बताएका छन् । रुपन्देही १ का स्थानिय सुनिल गुप्ताले सम्पुर्ण युवाहरुको चाहना युवा उम्मेदवार तर्फ भएकाले पटक पटक निर्वाचन जितेर जनताको केहि काम नगरेका पुराना नेतालाई आफुहरुले मत नदिने बताए । उनले आफुहरु युवाहरुको पक्षमा रहेकाले युवाको सोचलाई साकार पार्न लागि पर्ने बताए ।

    त्यस्तै रुपन्देही एककै अर्की मतदाता यस पटक आफुहरुले मन र मत दुवै बदलेर युवाहरुलाई निर्वाचनमा विजयी बनाउने पक्षमा लागेको बताईन । उनले युवाहरुबाट मुलुकले निकास पाउने उल्लेख गर्दै सबैलाई मत परिर्वतन गर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारलाई विजयी बनाउन आग्रह गरिन ।

    निर्वाचनका वेला बिभिन्न प्रलोभन देखाउने तर, निर्वाचन पछि एक पटक पनि जनताको घरमा फर्किएर नआउने गरेकाले आम मतदाता यस पटक मत परिवर्तन गर्नेमा पुर्ण बिश्वस्त छन् उनले भनिन् ।

    शिक्षा, स्वास्थ्य, रोजगारी र बिकास निर्माणका मुद्धा दिएर जनतासंग मत माग्दै चुनाव जितेका यस अघिका नेताहरुले जनताको अपेक्षा अनुरुप काम नगरेका कारण आम मतदाताको मन स्वतन्त्र र युवा उम्मेदवार तर्फ मोडिएको आम मतदाताको बुझाई छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij