images

शुक्रवार, चैत्र १६ गते २०८०

सियारी गाँउपालिका अध्यक्ष घिमिरेले सरकारी गाडि पालिकालाई बुझाए

सियारी गाँउपालिका अध्यक्ष घिमिरेले सरकारी गाडि पालिकालाई बुझाए

images
images
images
शुक्रवार, कार्तिक १८ २०७९
शुक्रवार, कार्तिक १८ २०७९
  • सियारी गाँउपालिका अध्यक्ष घिमिरेले सरकारी गाडि पालिकालाई बुझाए

    भैरहवा । रुपन्देहीको सियारी गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले आफुले प्रयोग गर्दै आएको सरकारी सुबिधाको गाडि कार्यालयलाई बुझाएका छन् ।

    images
    images
    images

    आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कार्यलयको काम सहित निर्वाचनमा समेत खटिनु परेकाले सरकारी सुबिधाको गाडि कार्यालयलाई बुझाएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

    गाँउपालिका अध्यक्ष घिमिरेले प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेलाई उक्त गाडिको साचो हस्तान्त्रण गरे ।

    साचो हस्तान्त्रण गर्दै अध्यक्ष घिमिरेले निर्वाचनका बेला बिभिन्न क्षेत्रमा जानु पर्ने भएकाले सरकारी सुबिधाको गाडिलाई कार्यालयमा हस्तान्त्रण गरी आफ्नै गाडिको प्रयोग गर्ने गरेको बताए ।

    घिमिरेले कार्तिक २ गतेबाटै सरकारी गाडिको प्रयोग गर्न छाडेका थिए ।

    अध्यक्ष घिमिरेलाई नेपाली कांग्रेस पार्टिले जिल्लामा निर्वाचन अनुगमनको  जिम्मेवारी दिएको छ । निर्वाचन अनुगमन गर्न जाँदा अध्यक्ष घिमिरेले सरकारी गाडि प्रयोग नगरी आफ्नै गाडिको प्रयोग गर्दै आएका छन् । उनले निर्वाचनको परिणाम आएपछि मात्रै सरकारी सुबिधाको गाडि प्रयोग गर्ने बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij