images

शुक्रवार, बैशाख ७ गते २०८१

कुस्ती खेलको संरक्षणमा रोहिणीकाे चासो

कुस्ती खेलको संरक्षणमा रोहिणीकाे चासो

images
images
images
शुक्रवार, कार्तिक १८ २०७९
शुक्रवार, कार्तिक १८ २०७९
  • कुस्ती खेलको संरक्षणमा रोहिणीकाे चासो

    भैरहवा, १८ कात्तिक । 

    images
    images
    images

    लोप हुदै गइरहेकाे प्राचिनकाल प्रतिस्पर्धात्मक खेल कुस्तीमा रुपन्देहीको रोहिणी गाउँपालिकाले संरक्षणमा चासो दिएको छ । कुस्ती खेलको संरक्षण, खेलकुद क्षेत्रको विकास, स्थानीय पहलमानहरु उत्पादन गरी युवाहरुलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

    रोहिणी–३ स्थित रामनरेश माविको खेल मैदानमा भएको २ दिने प्रतियोगितामा भारत दिल्लीका विनोद पहलमान प्रथम स्थान ल्याई  १ लाख १ हजार १ सय ११ नगद पु्रस्कारबाट पुरस्कृत भए ।

    भारतकै पठानकोटका बब्बी पहलमानलाई पराजित गरेका थिए । त्यस्तै भारत गोरखपुरका जितेन्द्र पहलमानले दोस्रामा चित्त बुझाए । उनले भारत हरियाणाका भीम पहलमानलाई पराजित गर्दै  ५० हजार ५ सय ५५ रुपैया नगद पुरस्कार जित्न सफल भए ।

    Kusti.JPG


    प्रतियोगितामा भारतकै हरियाणाका मुन्ना पहलवान तेस्रो भएका छन् । मुन्नाले हरियाणाकै गोपी पहलमानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलमानले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा तेस्रोलाई २५ हजार २ सय २५ रुपैयाँ  र सान्त्वना हुनेलाई रु. १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले बताए । त्यस्तै निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजन प्रदान गरिएको क्षेत्रीले जानकारी दिए ।

    तराई–मधेशमा लोकप्रिय कुस्तीको संरक्षण र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाबाट पाँच लाख बजेट विनियोजन गरी प्रतियोगिता आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिए । कुस्ती प्रतियोगितामार्फत स्थानीय पहलमानहरु उत्पादन गर्ने उद्देश्य समेत रहेको उनले बताए । आगामी दिनमा पनि कुस्ती प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका पहलमानहरुको सहभागिता रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले जानकारी दिए ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताए । उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij