images

शुक्रवार, बैशाख ७ गते २०८१

रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव

रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव

    भैरहवा, ७ असोज ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शुक्रबार गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए । 

    images
    images
    images

    शुक्रबार रोहिणी–२ स्थित पोखरभिण्डी माध्यमिक विद्यालय, त्रिवेणी आधारभूत विद्यालय र श्रीराम आधारभूत विद्यालयमा अनुगमन गरिएको उनले जानकारी दिए । उनले भने, ‘शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।’ विद्यार्थीहरुलाई स्वच्छ खानेपानीको लागि सहज होस् भन्ने उद्देश्यले विद्यालयहरुमा अर्टिजन (बोरिङ) समेत गाड्ने काम भएको उनको भनाइ छ । आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने उनले बताए ।

    गाउँपालिकाका अध्यक्ष यादवसहित प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीसहितको टोलीले विद्यालयहरुको निरीक्षण गरेको हो । अध्यक्षसहित टोलीले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षण समेत गरेको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij