२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सडक किनारामा थुपारिएको निर्माण सामाग्री, ट्रक ट्याक्टर हटाउन सियारीको अल्टिमेटम 

बिहिवार , भाद्र ३०, २०७९

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटिमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिने अल्टीमेटम दिएको छ । 

गाउँपालिकाका निमिक्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत सुधिर पौडेलले एक बिज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईबस्तु बाध्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हटाउन निर्देशन दिएको हो । 

खास गरी बेथरी बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामाग्री थुपार्ने, ट्रक ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरु बाध्ने, सडकको क्षत्राधिकार मिचि ठेला तथा टंकी राख्ने कार्यले सफा, सुन्दर र व्यवस्थीत गाउँपालिका बनाउने अभियानलाई अबरोध गरेको भन्दै यसलाई हटाउन पालिकाले अनुरोध गरेको हो । 

असोज ८ गते भित्र सडक किनाराको अबरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपासलकाले चेतावनी समेत दिएको छ ।