images

शुक्रवार, चैत्र १६ गते २०८०

रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान

रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान

images
images
images
मंगलवार, भाद्र २८ २०७९
मंगलवार, भाद्र २८ २०७९
  • रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान

    भैरहवा, २८ भदौ ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले भदौ २३ गतेदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने सुरुवात गरेको हो । 

    images
    images
    images

    प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने र सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं । ’

    उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीलाई जानकारी गराउन पनि सहज हुने बताए । अध्यक्ष यादवले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको जानकारी दिए । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij