images

शनिवार, बैशाख ८ गते २०८१

रोहिणीमा ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ विषयक वक्तृत्वकला प्रतियोगिता

रोहिणीमा ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ विषयक वक्तृत्वकला प्रतियोगिता

images
images
images
बिहिवार, भाद्र २३ २०७९
बिहिवार, भाद्र २३ २०७९
  • रोहिणीमा ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ विषयक वक्तृत्वकला प्रतियोगिता

    भैरहवा, २३ भदौ ।
    ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रुपन्देहीको रोहिणी गाउँपालिकामा ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ विषयक शिक्षकस्तरीय वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट शिक्षक/कर्मचारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा रोहिणी–३ धकधईस्थित सरस्वती थर्क बहादुर रायमाझी धर्मशालामा बिहीबार भएको वक्तृत्वकला प्रतियोगितामा १६ जना शिक्षकशिक्षिकाको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगितामा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय धकधईका धनश्याम पाण्डेय प्रथम, श्री जनचेतना आधारभूत विद्यालयका परासीझुंगाका दिनेश कुमार मौर्या द्वितीय र युनिक होम्स इङलिस बोर्डिङ स्कूलका अमरनाथ पाण्डे तृतीय भएको निर्णायक मण्डलका संयोजक गनपत प्रसाद गुप्ताले बताए । वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा १२ जना उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । 

    IMG_0629.JPG

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने,‘ शिक्षा क्षेत्रमा धेरै लगानी गर्ने योजना छ, यो क्षेत्रलाई अगाडि बढाउने हाम्रो चाहना र दायित्व हो ।’
    अध्यक्ष यादवले जनतालाई दिएको वाचा क्रमशः पुरा गर्दै जाने बताए । उनले गाउँपालिकाको समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने बताए ।

    गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले यस अघि पनि गाउँपालिकाले विद्यार्थीहरुलाई सम्मान गरेको बताइन् । उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले विशेष जोड दिने बताइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेलले कला भनेको भित्रदेखि बाहिर निकाल्ने विषय भएको बताए । उनले सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । 

    नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सचिव तथा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानीले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले साक्षरता दिवसको अवसर पारेर रोहिणी गाउँपालिकाले राम्रो काम गरेको बताए । 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सहायक महामन्त्री ताहिर अलिले गाउँपालिकाले गर्ने प्रत्येक राम्रो काममा राप्रपाले सहयोग गर्ने बताए । उनले जनताले तिरेको करको सदुपयोग हुनुपर्ने बताए ।

    रोहिणी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १ का वडाअध्यक्ष अविद अली पठानले शिक्षा जीवनको आवश्यकता भएको बताए ।

    सिद्धार्थ सामूदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले भने, ‘विद्यालयमा एउटा सिकाइ हुन्छ भने विद्यालय बाहिर पनि एउटा सिकाइ हुन्छ । ’

    रोहिणी गाउँपालिकाका प्राविधिक सहायक नारायण प्रसाद ढुंगानाको स्वागत तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG-20220908-WA0004.jpg

    निर्णायक मण्डल संयोजकमा गनपत प्रसाद गुप्ता, सदस्यहरुमा बैकुण्ठ नाथ अर्याल र अरुण कुमार चौधरी रहेका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij