images
images

आइतवार, जेठ ६ गते २०८१

सिद्धार्थनगरमा रोटा खोप कार्यक्रम 

सिद्धार्थनगरमा रोटा खोप कार्यक्रम 

images
images
images
आइतवार, श्रावण ११ २०७७
आइतवार, श्रावण ११ २०७७
  • सिद्धार्थनगरमा रोटा खोप कार्यक्रम 

         
    भैरहवा, ११ साउन ।
    नियमित खोप सेवामार्फत सरसफाई प्रवद्र्धन तथा झाडा पखालाविरुद्धको नयाँ रोटा खोप कार्यक्रम सिद्धार्थनगर (भैरहवामा) आइतबारदेखि सुरु भएको छ । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को शहरी स्वास्थ्य केन्द्रमा नगरप्रमुख हरि प्रसाद अधिकारीले बालबालिकालाई रोटा खोप खुवाई कार्यक्रमको सुरुवात गरेका छन् । नगरप्रमुख अधिकारीले खोप कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । 
    सि.न.पा. वडा नम्बर १० का वडा अध्यक्ष विजयनाथ धवलको अध्यक्षतामा भएको कार्यक्रको सन्चालन संस्थाकी इञ्चार्ज देवी अर्यालले गरेकी थिइन् । 

    कार्यक्रमको महत्वका बारेमा सि.न.पा स्वास्थ्य शाखाकी कम्युनिटी नर्सिगं निरीक्षक गिता न्यौपानेले प्रकाश पारेकी थिइन् । यसैबीच सो कार्यक्रम वडा नम्बर ९ मा पनि आइतबारबाटै सुरु भएको वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले बताए ।

    images
    images
    images

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij