२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

अस्पताल सिलन्यासको बिषयमा भ्रममा नपर्न गाउँपालिकाको अनुरोध 

माघमा सिलन्यास भएको भए ६ महिनासम्म किन कुनै काम भएन ?

सोमवार , भाद्र २०, २०७९

भैरहवा । रुपन्देहीको सियारीमा निर्माण हुन लागेको १५ शैया अस्पतालको सिलन्यासको बिषयमा बिभिन्न सञ्चार माध्यममा आएका समाचार तथा सामाजिक संजालमा आएका टिका टिप्पणी प्रति गाउँपालिकाले गंभिर ध्यानाकर्षण भएको जनाएको छ । 

भदौ १८ गते शनिवार सियारी गाउँपालिकाको वडा नम्बर ४ छपियामा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पतालको गृहमन्त्री बालकृष्ण खाँणले सिलन्यास गरेको बिषयलाई राजनीतिक रङ दिएको भन्दै गंभिर ध्यानाकर्षण भएको जनाएको छ । 

गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा जारी बिज्ञप्तीमा भनीएको– ‘कुनै पनि योजना संचालन गर्नु पूर्व योजनाको स्रोत सुनिश्चित गर्ने, डि.पी.आर तयार गर्ने, लागत अनुमान स्वीकृत गर्ने, सूचना प्रकासन गर्ने, बोलपत्रहरू खोल्ने, मुल्याङ्कन गर्ने, बोलपत्र स्वीकृत गर्ने, निर्माण ब्यवसायीसंग सम्झौता गर्ने, कार्यादेश दिने र सिलन्यास गराउने काम सिलसिलेवार प्रकृया हुन्छन् । यही प्रकृया अनुसार छपिया स्वास्थ्य चौकीको जग्गा छनोट गरी उक्त अस्पतालको लागिबोलपत्र स्वीकृत गर्ने काम सार्वजनिक खरिद ऐन,२०६३ तथा सियारी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली,२०७६ अनुसार भएको हो ।’ 

siyare pressnote.jpg
गाउपालिका अध्यक्ष थानेश्वर घिमिरेद्वारा  जारी गरिएकाे बिज्ञप्ती

सस्तो लोकप्रियताको लागि कोही कसैले राजनीति नगर्न पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा भनीएको छ– ‘माघमा शिलन्यास भएको भए फागुन, चैत्र, वैशाख, ज्येष्ठ र असार महिना विकास योजना कार्यान्वयन गर्ने उपयुक्त महिना भएकोले भवनको अन्डरग्राउण्ड काम सकिसक्नु पर्ने अवस्था हुनुपर्ने  हुन्थ्यो । तर ६ महिना सम्म कुनै पनि काम भएको छैन, तसर्थ सामान्य प्रकृया पनि पुरा नगरी सस्तो लोकप्रियताको लागि  विधि र प्रकृया नपुग्दै केहि सञ्चार माध्यामले सिलन्यास र उदघाटन गर्ने कुरालाइ अतिरञ्जित समाचार सम्पेषण गर्नु जनताको  हितमा हुँदैन ।’ 

गाउँपालिकाले बोलपत्र स्विकृत नहुँदै शिलन्यास गरेको भन्ने भ्रमका पछाडि नलाग्न र २ वर्षभित्रमै भवन निर्माण संरचना निर्माण गरी यस गाउँपालिका र छिमेकी गाउँपालिकाका जनतालाई समेत आधारभूत स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रवाह गर्न गाउँपालिका तत्पर रहेको जनाएको छ ।