images
images

आइतवार, जेठ ६ गते २०८१

खाद्यान्न सामाग्री लिएर भर्थापुर पुग्यो लायन्स गौतमबुद्ध

खाद्यान्न सामाग्री लिएर भर्थापुर पुग्यो लायन्स गौतमबुद्ध

images
images
images
आइतवार, श्रावण ११ २०७७
आइतवार, श्रावण ११ २०७७
  • खाद्यान्न सामाग्री लिएर भर्थापुर पुग्यो लायन्स गौतमबुद्ध


    भैरहवा, ११ साउन ।
    रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत पर्ने भर्थापुर गाउँ प्रत्येक वर्ष वर्षायाममा डुबान र बाढीको समस्यामा पर्दै आएको छ । जिल्लाकै दुई ठूला नदी तिनाउ र दानव एक भएर बगेको मर्चवारको भर्थापुर, भरवालिया, भटौलिया, चक्किडिह, खखडौर, हरदी लगायतको गाउँ डुबान र बाढीको जोखिममा पर्ने गरेको छ ।

    images
    images
    images

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित भर्थापुरका बासिन्दा आकाशमा कालो बादल देखेर गाउँमा बाढी आउने डरले त्रसित हुन्छन् । अविरल वर्षाले ठूला नदी तिनाउ र दानव दुवै मुहान भरिएर बग्न लागेको देखेर गाउँ डुबानमा पर्ने डरले उनीहरू कालो बादल देखिनासाथ त्रसित हुन्छन् । स्थानीय भगेलु लोध भन्छन, तरकारीखेती गछौं, तर बाढी र डुबानले नष्ट हुँदै आएको छ, यो समस्या समाधानको लागि सरकारको ध्यान जानुपर्छ ।

    यस वर्ष पनि भर्थापुरवासीले लगाएको तरकारी नष्ट भएको छ । यहाँका स्थानीयहरु तरकारीखेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर यस वर्ष पनि अविरल वर्षाले तरकारी नष्ट भयो ।

    यही समस्यालाई मध्यनजर गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध आइतबार भर्थापुरमा पुगेर खाद्यान्न सामाग्री वितरण गरेको छ । भर्थापुर गाउँवासीको अवस्थाबारे विभिन्न सञ्चारमाध्यम तथा क्लबका सदस्यहरुले गाउँमा पुगि स्थलगत अवलोकन गरेपश्चात केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामाग्री वितरण गरेको क्लबका अध्यक्ष अरूण मिश्राले बताए ।

    “लायन्स क्लबको उद्देश्य नै आफु भन्दा कम भाग्यशालीलाई सहयोग गर्ने नै हो, हामीले पनि उहाँहरुको घाउमा मल्हम लगाउन खोजेका हौं, उनले भने ।”

    भर्थापुरका ८७ घरपरिवारलाई प्रतिपरिवार २५ केजी चामल, ३ केजी दाल, ५ केजी आलु, ३ केजी प्याज, २ प्याकेट सोयाबीन, १ पोका तेल, १ पोका नुन, १ प्याकेट सब्जी मसाला वितरण गरिएको बाढी प्रभावितलाई सहयोग कार्यक्रम संयोजक समेत रहेका क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बताए ।

    समस्यामा परेका नागरिकलाई सेवा गर्न पाउनु आफैमा गर्वको विषय भएको उपाध्यायले बताए । वर्षेनी बाढी तथा डुबानको जोखिममा रहेका भर्थापुरवासीलाई सहयोग गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । 

    राहत वितरण कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य अष्टभुजा पाठकले नदी कटानले वर्षेनी भर्थापुरवासी डुबान र बाढीको चपेटामा परेको बताए । उनले ८० प्रतिशत भर्थापुरवासी तरकारीखेतीमा आश्रित रहेको तर वर्षाको बेला बाढी र डुबानका कारण तरकारीखेती नष्ट हुँदै आएको बताए ।

    “सानोतिनो योजना र कार्यक्रमले यहाँको समस्या समाधान हुँदैन, माष्टरप्लान मार्फत दिर्घकालिन योजना ल्याएर सरकारले समस्या समाधान गर्नुपर्छ, प्रदेशसभा सांसद पाठकले भने ।”

    भर्थापुरवासीलाई विगतका दिन देखि नै लायन्स क्लबले सहयोग गर्दै आएको उनको भनाइ थियो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रमेश प्रसाद निसादले निराश भएका भर्थापुरवासी केही भए पनि खुशी भएको बताए । उनले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले पीडितको घाउमा मल्हम लगाउने काम गरेको बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले भर्थापुरवासीको पीडालाई आफ्नै पीडा सम्झेर लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले खाद्यान्न सामाग्री वितरण गरेको बताए ।

    कार्यक्रममा स्ट्रेटजिक चिफ अरुणमान सैजु, एरिया–४ चिफ सन्दिप कसौधन, एरिया को–चिफ धिरज मल्लिक, एरिया कोषाध्यक्ष तथा लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, जोन चेयरपर्सज ओम जैसी, समाजसेवी अजय कुमार गुप्ता, लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्धका संस्थापक अध्यक्ष अर्जुन कुर्मी, बास मर्चवार शाखा संयोजक अनुरागनाथ शुक्ला लगायतले बोल्दै क्लबले आगामी दिनमा पनि विपन्न परिवारलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

    IMG_8518.JPGक्लबका द्वितीय उपाध्यक्ष गौतम गुप्ताको ध्वजा अभिवादन तथा सचिव राजन शुक्लाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कोटहीमाई–१ मा तीन क्लबको सहयोग
    यसैबीच लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध, लायन्स क्लब अफ लुम्बिनी गौतमबुद्ध र लियो क्लब अफ सिद्धार्थनगर युथले संयुक्त रुपमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ का तिवारीपुर, पुर्निहवा, गोहुंगाव, सिपवा र परसपुरका १४ घरपरिवारलाई राहत वितरण गरेको छ । अविरल वर्षाका आएको बाढीले घर भत्किएपछि समस्यामा परेका विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको लियो क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष विकास यादवले बताए ।

    IMG_8622.JPGस्थानीयको समस्याबारे युवा नेता चन्दन तिवारीले जानकारी गराएपछि खाद्यान्न सामाग्री लिएर तीनवटै क्लब सिपवा पुगेर खाद्यान्न सामाग्री वितरण गरेको लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले बताए । घर भत्किएका परिवारलाई क्लबले पुनः आवश्यक सहयोग गर्ने उपाध्यायले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij