images
images

आइतवार, जेठ ६ गते २०८१

युसीएमएसको प्रांगणमा नेपाली सेनाद्वारा वृक्षारोपण

युसीएमएसको प्रांगणमा नेपाली सेनाद्वारा वृक्षारोपण

images
images
images
शनिवार, श्रावण १० २०७७
शनिवार, श्रावण १० २०७७
  • युसीएमएसको प्रांगणमा नेपाली सेनाद्वारा वृक्षारोपण

    भैरहवा, १० साउन ।
    बोटविरुवा र मानिसबीचको सम्बन्ध सदियौंदेखि गहिरो छ । मानिसको जीवनको संरक्षण बोटविरुवाले गरिरहेको छ भने खाली जग्गामा विरुवा रोप्ने र त्यसलाई हुर्काउने काम पनि मानिसले गरिरहेकै छ । यसै सिलसिलालाई निरन्तरता दिदै नेपाली सेनाको गो ग्रिन कार्यक्रम अन्तरर्गत शनिबार भैरहवास्थित मेडिकल कलेजको प्रांगणमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

    images
    images
    images

    नेपाली सेनाको श्री कालीभक्ति गण “ई”, भैरहवा  र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको संयुक्त आयोजनामा विभिन्न प्रजातिका फलफूल तथा फुलका १ सय वटा विरुवा रोपिएको कार्यक्रम संयोजक तथा कालीभक्ति गणका उप-सेनानी सिद्धान्त मण्डलले जानकारी दिए ।

    वातावरणलाई जोगाई राख्ने र आम जनताबीचको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यअनुरुप यस कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रमका प्रमुख अतिथि गणका प्रमुख सेनानी  ईश्वर बुढाथोकीले बताए । विरुवा रोप्नु मात्र प्रयाप्त नहुने भएकोले रोपिएका विरुवाको संरक्षण गरी हुर्काउनमा सहयोग गर्न प्रमुख सेनानी बुढाथोकीले यूसीएमएस परिवारलाई आग्रह समेत गरे ।
    युसीएमएस भैरहवाका प्राचार्य प्रोफेसर डा. आनन्द कुमारले नेपाली सेनाले वृक्षारोपण गर्नको लागि युसीएमएससंग सहकार्य गरेकोमा धन्यवाद दिदै विरुवाको उचित संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    युसीएमएस अन्तरर्गत रहेको करुणा च्यारिटेबलका सदस्य विमला के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा श्री कालीभक्ति गणका सेनानी दिल बहादुर खड्का, मेडिकल कलेज भैरहवाका मेडिकल सुपरीटेण्डेण्ट डा. सघन मुखि, सर्जिकल विभागका प्रमुख प्रोफेसर डा. कैलाश चन्द,  प्रशासकीय प्रमुख अजय कुमार पिएस,  युसीएमएस डेण्टल विभागका सह–प्राचार्य डा. हेमन्त हलुवाई, युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी., भैरहवा संचार गृह प्रा.लि.का पत्रकार सम्झना शर्मा लगायतले विरुवा रापेका थिए ।

    uuuuuuuu.jpgआशिष चौरसियाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेपाली सेनाका जवान, युसीएमएसका चिकित्सक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij