images

बुधवार, बैशाख १२ गते २०८१

वडाअध्यक्षलाई पोखरीमा धकल्ने डीएसपीलाई कारवाही गर्न एमालेको माग

वडाअध्यक्षलाई पोखरीमा धकल्ने डीएसपीलाई कारवाही गर्न एमालेको माग

images
images
images
सोमवार, श्रावण २ २०७९
सोमवार, श्रावण २ २०७९
  • वडाअध्यक्षलाई पोखरीमा धकल्ने डीएसपीलाई कारवाही गर्न एमालेको माग

    रुपन्देही, २ साउन । 
    रुपन्देहीको तिलोत्तमाका एक वडाअध्यक्षलाई पौडी पोखरीमा धकेल्ने प्रहरी अधिकारी र पक्षधरता देखाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि कारवाही गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले माग गरेको छ । आइतबार नगरसभा स्थगित भएपछि त्यसको विरोध गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठग बहादुर केसीले तिलोत्तमा वडा नम्बर ४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा चोबलेको भन्दै एमालेले केसीलाई कारवाही गर्न माग गरेको हो ।

    images

    वडाअध्यक्षमाथि भएको आक्रमणको घटनाको भत्र्सना गर्दै एमाले रुपन्देहीले डीएसपी केसी र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख रामकृष्ण खाँणसंग मिलेमतो गरेर पक्षधरताका आधारमा एमालेका जनप्रतिनिधिलाई माइन्यूटमा हस्ताक्षर गर्न नदिने र कांग्रेसका जनप्रतिनिधिलाई उपस्थित भएर पनि हस्ताक्षर नगराई गणपुरक संख्या नपुगेको फर्जी बहाना बनाएर नगरसभा स्थगित गर्न सघाएको भन्दै उनलाई कारवाहीस्वरुप तत्काल सरुवा गर्न एमालेले माग गरेको छ । 

    सोमबार जिल्ला प्रशासन कार्यालय रुपन्देही पुगेर प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई एमालेले कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

    Uml.jpg

    डीएसपी केसीले कांग्रेस नेताको निर्देशनमा वडाअध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न भातृ संगठनहरूले विरोध गरिरहेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले दाजु गृहमन्त्री बालकृष्ण खाँण भएका कारणले मेयरले प्रशासनको दुरुपयोग गरेको तथा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कांग्रेसको कार्यकर्ता बनेर नगरपालिकालाई पार्टी कार्यालय जस्तै बनाएको र डीएसपी केसीले जनप्रतिनिधिमाथि दुव्र्ययवहार गरेको भन्दै विरोध गरिरहेको छ ।

    एमाले निकट राष्ट्रिय युवा संघ नेपालले तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगन तथा वडाअध्यक्षलाई पोखरीमा फाल्ने डीएसपी ठग बहादुर केसीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । युवा संघले केसीलाई तत्काल कारवाहीको माग गर्दै सोमबार रुपन्देहीको मणिग्राममा विरोध प्रदर्शन गरेको थियोे । सो अवसरमा बोल्दै संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरीले गृहमन्त्री बालकृष्ण खाँणको आडमा नगरप्रमुख रामकृष्ण खाँणले पदको दुरुपयोग गरी एमालेका जनप्रतिनिधिमाथि ज्यादती गरेको आरोप लगाए । उनले जनप्रतिनिधि माथि अमर्यादित व्यवहार गर्ने डीएसपी केसीलाई तत्काल कारवाही गर्न र नगरसभा सञ्चालन गर्न माग गर्दै आफूहरूको माग सम्बोधन नभए युवा संघले थप आन्दोलन गर्ने चेतावनी दिए ।

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन चापागाईले केसीमाथि कारवाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइने र गृहमन्त्रीको आडमा गरिएका शक्तिको दुरुपयोगलाई निस्तेज पार्ने विरोध कार्यक्रम गराई अपराधिक काममा संलग्नलाई कारवाही गराएरै छाड्ने बताए । उनले गृहमन्त्री खाँणको गृहनगरमा प्रहरी/प्रशासन लगायर वडाअध्यक्षमाथि कुटपिट गर्ने प्रहरी अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्ने माग गरे ।

    तिलोत्तमा नगरपालिकाको सोमबारको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका छन् । आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।

    बजेट पास गर्न केही दिन यता नियमित रूपमा बैठक बसे पनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाँण तथा एमालेबाट निर्वाचित उपमेयर जगेश्वरीदेवी चौधरीको आ–आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा छ । गणपुरक संख्या नपुगेको भन्दै मेयरले नगरसभा स्थगित गर्दै आएका छन् ।

    आइतबार पनि मेयरले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित भएपछि एमाले जनप्रतिनिधिले नाराबाजी गरेका थिए । बैठकमा आफूहरूलाई हाजिर गर्न नदिएको तथा प्रहरी प्रशासनको बलमा धरपकड गरिएको एमालेको आरोप छ । सो क्रममा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले वडा नम्बर ४ का अध्यक्ष हरिबहादुर क्षेत्री केसीलाई धकेलेर कार्यक्रमस्थल मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा पुर्याएपछि विवादले चर्को रूप लिएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा प्रहरीले वडाअध्यक्षमाथि आक्रमण गरेको भन्दै उनको कार्यकक्षमा आइतबार तालाबन्दी गरिएको छ । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको हो । वडाअध्यक्ष क्षेत्रीले डीएसपी केसीले आफूहरुमाथि अभद्र व्यवहार र अन्याय भएको भन्दै उनीमाथि कारवाही हुनुपर्ने माग गरे । 

    तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाँणले भने बजेटका विषयमा अनावश्यक राजनीति गर्न खोजिएको बताए । फर्जी माइन्युट तयार गरिएको आरोपलाई पनि उनले अस्वीकार गरे ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij