२०८३, जेठ ६ गते

May 20 2026 | २०८३, जेठ ६ गते

लायन्स, लायनेस र लियो क्लब बुटवलद्वारा वृक्षारोपण  

शनिवार , श्रावण १०, २०७७

  • 7.6K
    Shares
  • 7.6K
    Shares
  • बुटवल, १० साउन ।
    लायन्स क्लब अफ बुटवलले सामाजिक क्षेत्रमा, परोपकार, शान्ति, सह–अस्तित्व, सेवा भावना, गरीबी निवारण, शिक्षा, स्वास्थ्य, व्यक्तित्व विकास, पर्यावरण संरक्षण, विश्व बन्धुत्व, विपद् व्यवस्थापन जस्ता सामाजिक कार्यमा काम गर्दै आएकोले शनिबार त्यस अन्तर्गत रहेर वृक्षारोपरण गरेको छ ।

    लायन्स क्लब अफ बुटवल, लायनेश क्लब अफ बुटवल, लियो क्लब अफ बुटवल संयुक्त आयोजनामा शंकरनगर बनबिहार भित्र लायन्स म्यागो गार्डेन र रोज गार्डेनमा वृक्षारोपण गरिएको कार्यक्रम संयोजक मृर्गेन्द गोविन्द श्रेष्ठले बताए । 
    लायन्स बुटवलले विगत ८ वर्षदेखि वृक्षारोपण गर्दै आएको छ । 

    विगतका वर्षमा ३ सय वटा आँपका विरुवा रोपेर संरक्षण गर्दै आएको र यो वर्ष २५ सय हेज, १३ वटा आँप ,८ वटा धुपि, १४ वटा वाल हेज विरुवा रोपिएको लायन्स बुटवलका अध्यक्ष संजय जयसवाले बताए । 

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु का  पूर्व गर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठले वृक्षारोपण विश्व वातावरण बचाउने राम्रो अभियान भएको बताए ।  शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष भिमलला पाण्डे लगायतले बोलेका थिए ।

    त्यस्तै कार्यक्रममा डिष्ट्रिक कोडिनेटरद्धय उमंग देवकोटा, एमजेएफ अर्जुनमान शैजु, रिजन चेयर्पन दिनेश श्रेष्ठ, निवर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, लायन्स बुटवलका संस्थापक सचिव, कोषाध्यक्ष र संस्थापक सदस्य हालका विभिन्न पदका पदाधिकारीले वृक्षारोपण गरेका हुन् । 

    कार्यक्रममा शंकरनगर वनविहारमा काम गर्ने मजदुरलाई प्रोत्साहन स्वरुप १० जनालाई नगद र मायाको चिनो दिएर सम्मान गरिएको लायन्स बुटवलका सचिव प्रतिक पोखरेले बताए ।