images

बिहिवार, बैशाख १३ गते २०८१

लागुपदार्थ बिरुद्ध जेसिआई लेडिद्वारा जनचेतनामुलक कार्यक्रम

लागुपदार्थ बिरुद्ध जेसिआई लेडिद्वारा जनचेतनामुलक कार्यक्रम

images
images
images
आइतवार, आषाढ १२ २०७९
आइतवार, आषाढ १२ २०७९
  • लागुपदार्थ बिरुद्ध जेसिआई लेडिद्वारा जनचेतनामुलक कार्यक्रम

    भैरहवा । जेसिआई सिद्धार्थ लेडि नेपालले लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । लेडि जेसिजले लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको अन्तराष्ट्रिय दिवसको अबसरमा जनचेतना मुलक कार्यक्रम गरेको हो । 

    images

    जेसीआइ सिद्धार्थ लेडी नेपालकी अध्यक्ष प्रकृति उप्रेतीको अध्यक्षतामा वेलहिया माध्यमिक विद्यालय सिनपा १ मा बिद्यार्थीहरुलाई केन्द्रित गरेर कार्यक्रम गरिएको थियो । 

    सिनपा वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोख्रेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा ८० जना बढीको सहभागिता रहेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय वेलहियाका प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठले लागु औषध र तस्करीको बेफाईदाका बिषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । 

    प्रतिमा तिमिल्सीनाको संयोजनमा भएको कार्यक्रममा खुकुरी क्लबका अध्यक्ष रामबहादु वस्नेत, वेलहिया मावि व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र क्षेत्री, मनिषा पाण्डे लगाएतले बोल्दै लागु औषधको कुलतबाट जोगिन र समाजका अन्य सदस्यलाई समेत जोगाउन बिद्यार्थीलाई अभियान चलाउन आग्रह गरेका थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij