
आइतवार , आषाढ १२, २०७९
भैरहवा, १२ असार ।
संगीत तथा नाट्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार लुम्बिनी प्रदेशबाट प्राज्ञ तथा अग्रज गीतकार उन्नति बोहरा ‘शिला’ ले पाउने भएकी छन् । रुपन्देहीको भैरहवा निवासी बोहराले निवासी बोहराले उक्त पुरस्कार पाउने भएकी हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/०८९ को संस्कृति प्रवद्र्धन कार्यक्रममा समावेश भएको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार, २०७८ का लागि संगीत तथा नाट्य विधातर्फ लुम्बिनी प्रदेशबाट उन्नति बोहरालाई पुरस्कार समर्पण गर्ने निर्णय भएको मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल सरकार मन्त्रीस्तरीयको असार १० गतेको निर्णयअनुसार उक्त पुरस्कार समर्पण गर्ने निर्णय भएको सह–प्रवक्ता तथा उपसचिव टेकरानारायण पौडेलले बताए । प्राज्ञ बोहरा डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानकी अध्यक्ष समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij