images

बिहिवार, चैत्र १५ गते २०८०

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक
    बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डे

    बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    images
    images
    images

    एक वडा एक पहिचान, नगर अस्पताल निर्माण, स्पोर्टस् जोन निर्माणजस्ता नीति अघि सार्दै सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकास मार्फत नगरबासीको जीवनस्तर माथि उकास्न संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यलाई जोड दिने भनेको छ । 

    नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पाण्डेले बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने, श्रम बैक र श्रम डेक्स सञ्चालन गरी श्रमिकहरुलाई रोजगारी र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीति लिएको बताए । 

    ‘सहकारीका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्दै स्वरोजगारिता अभिवृद्धि गर्ने, सहकारीलाई कृषि तथा पशुपालनका क्षेत्रमा आबद्ध गर्ने र सर्वसाधारणको बचतको ठूलो हिस्साको अपचलन हुनबाट रोक्न नियमन कार्यलाई थप व्यवस्थित गर्दै सहकारीको संस्थागत क्षमता बढाउन जोड दिईनेछ । उत्पादक सहकारीको बजारीकरणमा सहयोग र बहुउद्देश्यीय सहकारीहरुलाई प्रोत्साहन गरिनेछ’–नीति तथा कार्यक्रममा भनिएको छ–‘युवा बेरोजगारी समस्यालाई न्यून गर्न विदेश पलायन हुनबाट रोक्न र स्वदेश मै काम गर्ने वातावरण सिर्जना गर्दै युवा वर्गलाई कृषि, पशुपालन क्षेत्रमा आकर्षित गरिनेछ । सीप दक्षता अभिवृद्धि गर्न उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।’ 

    आधारभुत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पताल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेले बताए । 

    आयुवेदिक अस्पताल स्थापना, ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच, मधुमेह, उच्च रक्तचाप, नियमित सेवनका औषधिहरु वितरण, चौमासिक परामर्शका लागि जनतासँग प्रमुख कार्यक्रम, नवजात शिशु, आमा र बालबालिकाको पोषणलक्षित उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गर्ने नीति नगरले लिने भएको छ । 

    यस्तै, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई प्रमुख अस्पतालको रुपमा विकास गर्ने, आइसीयुसहितको एम्बुलेन्स सञ्चालन गर्ने, एक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पताल बनाउने र लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार र गुणस्तर सुधारका लागि प्रदेशसँग सहयोग र समन्वय गर्ने नीति नगरले लिने भएको छ । 

    विद्यालयहरुमा विषयगत सिकाई उपलब्धि अभिवृद्धिका लागि विषय विभाग गठन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा तहको प्यारामेडिकलका विषयहरु अध्यापन गराउन प्रक्रिया अघि बढाउने, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको अध्ययनका लागि पहल गर्ने, अटो भिलेजमा डिप्लोमा तहको अटो इन्जिनियरिङ कलेज सञ्चालनका लागि सहकार्य गर्ने नीति लिने प्रमुख पाण्डेले बताए । 

    लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने, माध्यमिक तहका विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब स्थापना गर्ने, सामुदायिक विद्यालयहरुको एकीकृत वेभसाइट निर्माण गर्ने, नगरभित्रका सामुदायिक विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण गर्ने नीति नगरले अघि सारेको छ । 

    नीति तथा कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ । संस्थागत विद्यालयले लिने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइने, बुटवलको उपयुक्त स्थानमा ई लाइब्रेरी स्थापना गर्ने उल्लेख छ ।

    यस्तै, खेलकुदतर्फ नगरले एन्फा टेक्निकल सेन्टरसँगैको क्षेत्रलाई स्पोर्टस् जोनका रुपमा विकास गर्ने, वडा नं १३ जबईमा राष्ट्रिय स्तरको फुटवल रंगशाला र वडा नं १६ डहरगाउँमा राष्ट्रिय क्रिकेट रंगशाला,  निर्माण गर्ने नीति अघि सारेको छ । एक वडा एक ज्येष्ठ नागरिक चौतारी निर्माण,  एक वडा एक पहिचान, एक वन एक पोखरी, एक पार्क, चुरे पहाडको पहिरो नियन्त्रण गर्दै पार्क निर्माण गर्न सहकार्य गर्ने नीति नगरले अघि सारेको छ । 
    पार्किङ व्यवस्थापनका लागि स्मार्ट पार्किङ कार्यक्रम अघि सारेको नगरले निजी क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी परियोजना सञ्चालन गर्ने नीति लिने भनेको छ । 

    खानेपानी समस्या दीर्घकालीन समाधानका लागि एकीकृत खानेपानी तथा सरसफाई बोर्ड गठन गर्ने, झुम्सा खानेपानी आयोजना सञ्चालनका लागि पहल गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्नेजस्ता नीति नगरले अघि सारेको छ । किसानलाई उत्पादनका आधारमा अनुदान दिने, अत्याधुनिक डाइग्नोष्टिक ल्याब सञ्चालन, नगरभित्र इ लाइब्रेरी स्थापनाको नीति नगरले अघि सारेको छ । 

    यस्तै, पत्रकारिता अनुसन्धान केन्द्र तथा सञ्चारग्राम स्थापनाको पहल, मिडिया हाउस सञ्चालनका लागि सहयोग, उपकरण खरिदमा अनुदान, स्वास्थ्य बीमा कार्यक्रम, स्व.सूर्य प्रसाद प्रधानको स्मृतिमा विकास पत्रकारिता पुरस्कार स्थापना, आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरले नदीजन्य पदार्थको अनावश्यक उत्खनन् र दोहन रोकी श्रोत वृद्धि गर्न नगरले आफै उत्खनन् गरेर भण्डारण गर्ने र आवश्यकताअनुसार बिक्री वितरण गर्ने नीति लिने भएको छ । 

    यस्तै, बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने, पूर्वमेयर र उपबिजेतासँग भेटघाट कार्यक्रम गर्ने, तिलोत्तमा गोल्डकप नियमित गर्ने नीति अघि सारेको छ ।  यस्तैगरी, तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी संकलन गरेर स्टिमर चलाउने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम उल्लेख छ । 

    यस्तै बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, बुटवल वडा नंं. १४ देखि १९ (मोतिपुर सेमलार क्षेत्र) सम्मलाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीनसिटीमा रुपान्तरण गर्ने उल्लेख छ । 
    यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

    बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नति,सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्न प्रकृया अघि बढाइने उल्लेख छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बुटवलको जीवनयापनको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरी नवीनतम सीप तथा प्रविधिको प्रयोगमार्फत आधुनिकीकरण तथा व्यवासयिकरण गरिने उल्लेख छ । कृषि विकासमा के पाइन्छ होइन, के चाहिन्छ नीति अवलम्बन गरिने उल्लेख छ । 

    यस्तै कृषि बाली उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन, जग्गा बाँझो राख्न निरुत्साहन, बुटवल १२–१९ मा हरियाली कृषि प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij